नेभिगेशन
सबै कुरा

बालेनको बोर्ड हराएको सुचना, चोरीको छानबिन गरी कारबाही गर्न प्रहरीमा उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शालहे आफूहरुले ध्यानाकर्षण गराउन राखेको बोर्ड हराएको सुचना जारी गरेका छन् । उनले काठमाडौँ महानगरपालिकाले चक्रपथ सुधार आयोजना समयमा नसकिएको भन्दै ध्यानाकर्षण गराउन कलंकीदेखि महाराजगञ्जसम्म बोर्ड राखिएको तर उक्त बोर्ड हराएको भन्दै सुचना जारी गरेका छन् । महानगरले बोर्ड चोरी घटनाको अनुसन्धान गरि कारबाही गर्न प्रहरीमा पनि उजुरी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले महानगरले महानगरको क्षेत्रभित्र पर्ने चक्रपथको निर्माणकार्य २०१५ मा सक्नुपर्ने भएपनि २०२४ लाग्दा समेत काम नसकिएको भन्दै  ध्यानाकर्षणका लागि उक्त बोर्ड राखिएको भएपनि सबै बोर्डहरु हटाइएको बताएका छन् । महानगरले उक्त निर्माण आयोजना आफूहरुको मातहत नरहेको र नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय र चीनको साङ्घाई कन्स्ट्रक्सन कम्पनी जिम्मेवार रहेको भन्दै नागरिकलाई सूसुचित गराउन उक्त बोर्ड राखेको थियो । निर्माण कार्य शंखेकिराको गतिमा भएकाले महानगर र केन्द्रीय सांसदले समेत पटकपटक ध्यानाकर्षण गराउँदासमेत निर्माण कम्पनीले बेवास्ता गरेको उनको आरोप छ । 

Ncell
Extreme Energy

कामको गतिका कारण महानगरभित्र बसोबास गर्ने नागरिकले सास्ती भोग्नुपरेको भन्दै सूसुचित गर्न आफूहरुले बोर्ड राखेको तर समयमा काम नसक्ने आयोजनाले बोर्ड भने हटाएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।’

नागरिक, जनप्रतिनिधिको समेत आवाज नसुन्ने निर्माणकर्ताहरुले महानगरले राखेको बोर्ड भने देखेको बालेनको आरोप छ । उनले लेखेको छन्, ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले 'कथित अल्टिमेटमको समय' सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।