नेभिगेशन
सबै कुरा

बजेट अभावमा तनहुँकाे नगर अस्पतालको काम रोकियो

काठमाडाैँ । बजेट अभावका कारण  तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा  काम रोकिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए। एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो । 

Ncell
Extreme Energy

हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । 

भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका...
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।