नेभिगेशन
सबै कुरा

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

काठमाडौँ । राजश्व अनुसन्धान विभागले गत साउनमा विमानस्थलबाट बाहिरिएको १५५ किलो ब्रेक सु सहितको सुन बरामद गर्यो । साउन २ गते राति बरामद भएको सुन प्रकरणको अनुसन्धानका क्रममा विभागको गति र कामले प्रधानमन्त्री कार्यालय मातहतको उक्त विभागको सर्वत्र प्रशंसा भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजश्व चुहावट र तस्करीबारे काम गर्ने उक्त्र विभागबाट सुनको अनुसन्धान अधुरो मै खोसियो । दशककै सबै भन्दा ठूलो आर्थिक अपराध हुनसक्ने ठानिएको सुन तस्करी अनुसन्धान खोसिएपछि हिस्स बनेको विभागलाई एउटा अर्को ठूलो सूचनाले पछ्यायो । 

Ncell
Extreme Energy

कोही सूचकले विभागका अधिकारीलाई सुन जत्रै ठूलो आर्थिक अपराधमा विभागले अनुसन्धान गर्न सक्ने बतायो । नेपालका आन्तरिक कर कार्यालयहरूकै डेटिङमा एक  अमेरिकी कम्पनीको नेपालमा रहेको सहायक कम्पनीले झण्डै २० वर्षदेखि भ्याट र आयकर छलेको सूचनामा भनिएको थियो ।


 

सूचनाको प्रारम्भिक प्रशोधनपछि विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धानअघि बढाउने निर्णय गरे । लगत्तै विभागले विभागका निर्देशक उपसचिव केदार कोइरालालाई अनुसन्धान अधिकृत तोक्यो र अनुसन्धान अघि बढ्यो । 

७ महिना लामो अनुसन्धान पछि चैत १५ गते विभागले आफ्नो सबै अनुसन्धान टुङ्ग्यायो र कोटिभिटि नेपाल प्रा‍. लि. हात्तीसार काठमाडौँले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ भ्याट र आयकर छली गरेको निष्कर्षमा पुग्यो ।

जुन कम्पनी अमेरिकाको ख्यातिप्राप्त सफ्टवेयर निर्माण कम्पनी कोटिभिटी इंकको सहायक कम्पनी हो । जसको कम्पनी भारत लगायतका विभिन्न देशमा छ । 

राजश्व इतिहासकै ठूलो चुहावट मुद्दा

आर्थिक वर्ष २०६१ र ६२ मा भेरिस्क हेल्थ इंक नामक कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भयो । दर्ता भएको पहिलो वर्ष २ करोड ५० लाखको कुल कारोबार गरेको कम्पनी राजश्व अनुसन्धान विभागको अनुसन्धान दायरामा आइपुग्दा अघिल्लो आर्थिक वर्ष २०७९ र ८० मा एक सय करोड रुपैयाँको कारोबार गरेको पाइएको छ। 

नेपालमा स्थापना भएको १० वर्ष पछि कम्पनीले शेयर स्वमित्व परिवर्तन गर्न सुरु ग¥यो । शेयरधनी दर्ता किताबअनुसार भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्र. लि.को नाममा मिति २०७१/ ०९ /०६ मा शेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१ / १२/ १३ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक र मिति २०७२/ ०३ /०४ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक नाममा शेयर वृद्धि उल्लेख थियो । भर्सेन्ड टेक्नोलोजिज् प्रा लिको नाममा मिति २०७५/०२ /३० मा शेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटभिटी नेपालको नाममा मिति २०७६/०५ / २६ मा शेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको देखियो ।

विभागकाअनुसार पटक पटक शेयर धनी परिवर्तन हुँदा पनि नेपालमा रहेको कम्पनीले यो सूचना लुकायो । यस्तै, हरेक वर्ष करोडौँले बढिरहेको निर्यात कारोबारमा पनि कम्पनीले भ्याट छलेको देखियो । 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सो कम्पनीले शेयर स्वामित्व परिवर्तनको सूचना लुकाएर आयकर ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट)  ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३३५ रुपैयाँ  राजश्व चुहावट गरेको पुष्टि भयो । 

लामो अनुसन्धान सकेर मुद्दा चलाउने निर्णय गरेपछि १६ चैतमा विभागले उच्च सरकारी वकिल कार्यालय पाटनलाई रायका लागि मुद्दा बुझाएको थियो । जसमा चुहावटको दोब्बर अर्थात कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ माग दावी गरिएको छ । महानिर्देशक ढुंगानाकाअनुसार राजश्व अनुसन्धान विभागले एउटै फर्म विरुद्ध मुद्दा दायर गरेर माग दाबी गरेको यो हालसम्मकै ठूलो दाबीको रकमको मुद्दा हो । 

नेपाल र नेपालीलाई तलब मात्रै  

राजश्वको अनुसन्धानमा देखिए अनुसार यो कम्पनीको २० वर्षे नेपाल बसाइमा नियतै राखेर कर छली गरेको देखिन्छ। अनुसन्धान अधिकारीहरूकाअनुसार कम्पनी नेपालमा गैर नाफामूलक जस्तो मात्रै देखिएको छ । ‘एक आर्थिक वर्षमा एक अर्ब बढीको सफ्टवेयर निर्यात गरेको कम्पनीले नेपालमा कुनै कर र दायित्व भने पुरा गरेको देखिएको छैन्’ विभागका एक अधिकारी भन्छन्, ‘कम्पनीको कारोबारबाट नेपालमा तलब र कम्पनी सञ्चालन खर्च बाहेक अरु कुनै आर्थिक दायित्व नै देखिएको छैन् ।’ 

कुल कारोबारको ८२ प्रतिशत हाराहारी तलब र कम्पनी सञ्चालनमा खर्च गरेको सो कम्पनीले अमेरिकामा रहेका कम्पनीका प्रमुखहरूलाई समेत करोडौँ रुपैयाँ तलब खुवाउने गरेको अनुसन्धानमा देखिएको छ ।

विभागकाअनुसार नेपालमा दर्ता भएकामध्ये सबै भन्दा ठूलो उक्त सफ्टवेयर कम्पनीमा ६५० जना इन्जिनियरहरू कार्यरत छन् । काठमाडौं महानगर पालिका ४ हात्तीसारको  साःख भवनमा उक्त कम्पनीको कार्यालय रहेको छ ।  

कर छलिमा सरकारी निकायकै सहयोग

कोटिभिटि नेपालले स्वामित्व परिवर्तन गरेको पुष्टि भए पनि राजश्वले पटक पटक ताकेता गर्दा उसले कुनै कागजात बुझाएन । जब विभागले बल लगायो तब केही साह्रै कमसल  र धमिलो देखिने कागजात विभागलाई प्राप्त भयो ।

उक्त कागजातका आधारमा थप स्रोतबाट प्रमाणीकरण गर्दा सरकारी अभिलेखमै भ्याट र स्वामित्व परिवर्तन हुँदा आयकरको विवरण पेश नगरिएको विभागले फेला पा¥यो । करोडौँ रुपैयाँ कर छुट नदिइएकोबारे विभागले बुझ्दा मातहतका आन्तरिक राजश्व विभाग मातहतका कर अधिकारीहरूले नेपालमा विदेशी मुद्रा भित्र्याइरहेको भन्दै कम्पनीलाई करको दायरामा नल्याइएको पाइएको विभागका अधिकारीहरू बताउँछन् । 

‘आन्तरिक राजश्व कार्यालय र विभागका अधिकारीहरूले सहुलियत दिइएको अनुसन्धानमा देखियो,’ स्रोतले भन्यो । विभागको अनुसन्धानमा देखिएको कैफियत टेकेर सरकारी वकिल कार्यालय उच्चले आन्तरिक राजश्व कार्यालय र विभागका तीन दर्जन अधिकारीहरूलाई कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ । 

कर असुल हुनु पर्नेमा नियतबस कर असुल नगरी भ्रष्टाचार गरिएको देखिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धान अधिकारीहरूकाअनुसार २०७० यता आन्तरिक राजश्व कार्यालय टङ्गाल र विभागको नेतृत्व गरेका देखि उच्च अधिकारीहरू यो कर छलिमा संलग्न रहेको देखिएको छ । उनीहरु सबै विरुद्ध थप अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा चलाउन सरकारी वकिल कार्यालय उच्चले निर्णय गरेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...