नेभिगेशन
सबै कुरा

रास्वपा भन्छः गृहमन्त्री लामिछानेलाई कांग्रेसले नियतबस फसाउन खोज्यो, मिथ्या आरोपमा समिति बन्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले लगाएको मिथ्या आरोप अस्वीकार्य रहेको जनाएको छ । सभामुख देवराज घिमिरेले राखेको बैठकपछि बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै भन्दा धेरै मत ल्याएर संसदमा आएको व्यक्तिलाई कांग्रेसले लगाएको मिथ्या आरोप स्विकार्न नसकिने बताएका हुन् । 

सचेतक परियारका अनुसार कांग्रेसका सांसदहरुले आरोप स्थापित गराउनकै लागि मात्रै समिति बनाउने अडान राखेका छन् । उनले भने 'कांग्रेसका सांसदहरुले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो, विषयवस्तु के, सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो । उहाँहरूले समिति बनाइदिनुस्, तपाईँहरू नै नेतृत्व गर्नुस्, बस्नुस् भन्नुभएको छ। त्यो कहाँबाट मिल्छ '?

देशको सबैभन्दा ठुलो मत लिएर संसदमा आएका लामिछानेमाथि मिथ्या आरोपकै भरमा राजनीतिक, सामाजिक र आर्थिक अधिकार, मानव अधिकार खारेज गराउन खोजेको बताए । उनले भने 'हामीले हाम्रो नैतिकतालाई कहिले पनि बन्धक बनाएका छैनौँ। सत्य हो भने हामीले गर्नपर्ने काम कारबाही गर्छौँ। यो पार्टी देशको चौथो ठूलो पार्टी हो। जसले यो देशको सबैभन्दा ठूलो मत लिएर सार्वभौम संसदमा आएको छ। त्यस्ता व्यक्तिमाथि मिथ्या आरोपको भरमा उसको राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरू, मानवअधिकार खारेज गर्ने कुरा नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास भएको पार्टीले जुन गर्छ त्यो रास्वपाले स्वीर्कादैन'। 

गृहमन्त्री लामिछानेलाई नियतबस फसाउन खोजिएको भन्दै समिति बनाउन नहुने विषयमा सरकारका तर्फबाट प्रधानमन्त्री, एमालेको तर्फबाट विष्णु पौडेलसहित सबैको एकमत रहेको सचेतक परियार बताउँछन् । उनले भने 'कोही मान्छेलाई नियतवश फसाउनलाई समिति बन्दैन। समिति नबनेपछि भोलिको सदन कसरी जान्छ भन्ने कुरामा हामी संवाद र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। हामी कसैलाई निषेध गर्नुपर्छ भन्ने पक्षमा छैनौँ। भावनालाई जोडेर कसैलाई अपराधी करार गर्न सकिँदैन। जो मान्छे सहकारी प्रकरणमा कहीँ पनि जोडिएको छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...