नेभिगेशन
सबै कुरा

रास्वपा भन्छः गृहमन्त्री लामिछानेलाई कांग्रेसले नियतबस फसाउन खोज्यो, मिथ्या आरोपमा समिति बन्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले लगाएको मिथ्या आरोप अस्वीकार्य रहेको जनाएको छ । सभामुख देवराज घिमिरेले राखेको बैठकपछि बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै भन्दा धेरै मत ल्याएर संसदमा आएको व्यक्तिलाई कांग्रेसले लगाएको मिथ्या आरोप स्विकार्न नसकिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सचेतक परियारका अनुसार कांग्रेसका सांसदहरुले आरोप स्थापित गराउनकै लागि मात्रै समिति बनाउने अडान राखेका छन् । उनले भने 'कांग्रेसका सांसदहरुले समिति बनाउनुपर्छ भन्ने कुरा बैठकमा राख्नुभयो, विषयवस्तु के, सत्य तथ्य के ? भन्ने कुरा नबुझी मिथ्या आरोपको भरमा समिति नै चाहिन्छ भन्ने यो कुटिल चाल हो । उहाँहरूले समिति बनाइदिनुस्, तपाईँहरू नै नेतृत्व गर्नुस्, बस्नुस् भन्नुभएको छ। त्यो कहाँबाट मिल्छ '?

Ncell
Extreme Energy

देशको सबैभन्दा ठुलो मत लिएर संसदमा आएका लामिछानेमाथि मिथ्या आरोपकै भरमा राजनीतिक, सामाजिक र आर्थिक अधिकार, मानव अधिकार खारेज गराउन खोजेको बताए । उनले भने 'हामीले हाम्रो नैतिकतालाई कहिले पनि बन्धक बनाएका छैनौँ। सत्य हो भने हामीले गर्नपर्ने काम कारबाही गर्छौँ। यो पार्टी देशको चौथो ठूलो पार्टी हो। जसले यो देशको सबैभन्दा ठूलो मत लिएर सार्वभौम संसदमा आएको छ। त्यस्ता व्यक्तिमाथि मिथ्या आरोपको भरमा उसको राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरू, मानवअधिकार खारेज गर्ने कुरा नेपाली कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास भएको पार्टीले जुन गर्छ त्यो रास्वपाले स्वीर्कादैन'। 

गृहमन्त्री लामिछानेलाई नियतबस फसाउन खोजिएको भन्दै समिति बनाउन नहुने विषयमा सरकारका तर्फबाट प्रधानमन्त्री, एमालेको तर्फबाट विष्णु पौडेलसहित सबैको एकमत रहेको सचेतक परियार बताउँछन् । उनले भने 'कोही मान्छेलाई नियतवश फसाउनलाई समिति बन्दैन। समिति नबनेपछि भोलिको सदन कसरी जान्छ भन्ने कुरामा हामी संवाद र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। हामी कसैलाई निषेध गर्नुपर्छ भन्ने पक्षमा छैनौँ। भावनालाई जोडेर कसैलाई अपराधी करार गर्न सकिँदैन। जो मान्छे सहकारी प्रकरणमा कहीँ पनि जोडिएको छैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।