नेभिगेशन
सबै कुरा

नेपालले टी–२० विश्वकपमा लगाउने जर्सी सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्नेछ । कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको बिकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताए । खेलकुदमा निजि क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको उहाले बताए । मन्त्री श्रेष्ठले सबै जिम्मेवार र इमान्दारीपूर्वक अघि बढे यसमा निकै सुधार गर्न सकिने धारणा राखे । 

Ncell
Extreme Energy

त्यस्तै राखेप सदस्यसचिव घिसिङले विश्वकपका लागि तयारी गर्न बजेटको कुनै कमि हुन नदिने बताए । 

टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।