नेभिगेशन
सबै कुरा

अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुन्छ, जरिवाना पनि बढ्छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब ट्राफिक प्रहरीको बोली कडा र कारबाही कडा हुने बताएका छन् । आइतबार काठमाडौँको सभागृहमा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान’को सुरुवात गर्दै उनले सडक दुर्घटना न्यूनिकरणका लागि नियम पालना नगर्नेलाई जरिवाना बढाउनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

त्यस्तै उनले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने बताएका छन्। ट्राफिक प्रहरीलाई दिने गरिएको इन्सेन्टिभ हालका लागि बन्द भएपनि त्यसलाई पुनः निरन्तरता दिइने उनले बताए ।

चालकसँग पैसा लिएर संगठनकै बेइज्जत गर्ने कार्य नगर्न आग्रह गर्दै उनले ट्राफिक प्रहरीको वृत्ति विकासमा ध्यान दिइनेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै उनले नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने तयारी गरेको बताए । 



त्यस्तै कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको बताएका छनन् । उनले अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइने बताएका छन् । 

त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिकाका तर्फबाट बोल्दै उपप्रमुख सुनिता डंगोलले अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्नेमा विश्वास व्यक्त गरेकी छिन् । उनले ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नुपर्ने बताएकी छिन् । 

काठमाडौँको न्युरोड गेटबाट सुरु भएको र्‍याली काठमाडौँको सभागृह पुगेर टुगिंएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुने बताइएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।