नेभिगेशन
सबै कुरा

अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुन्छ, जरिवाना पनि बढ्छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब ट्राफिक प्रहरीको बोली कडा र कारबाही कडा हुने बताएका छन् । आइतबार काठमाडौँको सभागृहमा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान’को सुरुवात गर्दै उनले सडक दुर्घटना न्यूनिकरणका लागि नियम पालना नगर्नेलाई जरिवाना बढाउनुपर्ने बताएका हुन् । 


त्यस्तै उनले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने बताएका छन्। ट्राफिक प्रहरीलाई दिने गरिएको इन्सेन्टिभ हालका लागि बन्द भएपनि त्यसलाई पुनः निरन्तरता दिइने उनले बताए ।

चालकसँग पैसा लिएर संगठनकै बेइज्जत गर्ने कार्य नगर्न आग्रह गर्दै उनले ट्राफिक प्रहरीको वृत्ति विकासमा ध्यान दिइनेमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै उनले नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने तयारी गरेको बताए । 



त्यस्तै कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको बताएका छनन् । उनले अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेट समय दिइने बताएका छन् । 

त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिकाका तर्फबाट बोल्दै उपप्रमुख सुनिता डंगोलले अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्नेमा विश्वास व्यक्त गरेकी छिन् । उनले ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नुपर्ने बताएकी छिन् । 

काठमाडौँको न्युरोड गेटबाट सुरु भएको र्‍याली काठमाडौँको सभागृह पुगेर टुगिंएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुने बताइएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै