नेभिगेशन
सबै कुरा

कांग्रेसको आरोप ‘छानबिन समिति बनाउनुको सट्टा सरकार भाग्यो’

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबीन गर्न प्रतिपक्षले उठाएको माग सम्बोधन गर्नुको साटो बेवास्था गरी सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनले संसदमा आफूहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएको र सत्तापक्षकै कतिपय सांसदहरुले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको बताए । 

जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना र ठगी भएको जनविरोधी कार्यमा सरकारका मन्त्री संलग्न रहेको पुष्टि स्वयम सरकारले नै पुष्टि गरेको समेत उनले दाबी गरे । प्रमुख सचेतक लेखकले हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसले घोर भत्र्सना गरेको भन्दै सरकारलाई संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम नगर्न चेतावनी दिए । उनले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य भएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।

प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षको तर्क लज्जास्पद रहेको भन्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने उल्लेख गरे ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै