नेभिगेशन
सबै कुरा

विद्यालय भर्ना अभियान सफल बनाउन शिक्षामन्त्री सुमना र सरोकारवालाबीच छलफल

काठमाडाैँ । नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु भएसँगै शिक्षामन्त्री सुमना श्रेष्ठले  विभिन्न सरोकारवाला पक्षसँग छलफल सुरु गरेकी छिन् । विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षसँग छलफल सुरु गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

आइतबार अनलाइन माध्यमबाट भएको छलफलमा शिक्षामन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानको लागि शुभकामना व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तीनै तहको सरकार र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने बताइन्। ‘समुदायकै नेतृत्वमा शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान गरौँ’ मन्त्री श्रेष्ठले भनिन् ।

समाजको चेतना स्तर र विकासको गति शिक्षाको गुणस्तरले निर्धारण गर्ने भएकाले समाजमा सकारात्मक योगदान दिनसक्ने करुणा र विनम्रतासहितका अशल नागरिक बनाउने शिक्षा आवश्यक भएको शिक्षामन्त्री श्रेष्ठको धारणा थियो। ‘तथ्याङ्कमा आधारित शिक्षा प्रणाली बनाउनुपर्नेछ। विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ।’, शिक्षामन्त्री श्रेष्ठले भनिन्।

त्यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारीले विद्यार्थी भर्ना अभियानको अगुवाइ स्थानीय सरकारले नै गर्ने भएकाले मन्त्रालयले सबै किसिमको सहयोग गर्ने धारणा व्यक्त गरे। गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने र त्यसका लागि गाउँपालिका महासङ्घले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गानाले बालविकास कक्षामा पाठ्यसामाग्री र शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने बताए। कार्यक्रमको सहजीकरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले गरेका थिए । 

आजको छलफलमा शिक्षामन्त्री, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, मन्त्रालयका अन्य अधिकारीहरू, गाउँपालिका र नगरपालिका महासङ्घका अध्यक्षहरू, स्थानीय सरकारको शिक्षा शाखाका प्रमुखहरू र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू उपस्थित थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै