नेभिगेशन
सबै कुरा

विद्यालय भर्ना अभियान सफल बनाउन शिक्षामन्त्री सुमना र सरोकारवालाबीच छलफल

काठमाडाैँ । नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरु भएसँगै शिक्षामन्त्री सुमना श्रेष्ठले  विभिन्न सरोकारवाला पक्षसँग छलफल सुरु गरेकी छिन् । विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षसँग छलफल सुरु गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार अनलाइन माध्यमबाट भएको छलफलमा शिक्षामन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानको लागि शुभकामना व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तीनै तहको सरकार र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने बताइन्। ‘समुदायकै नेतृत्वमा शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान गरौँ’ मन्त्री श्रेष्ठले भनिन् ।

Ncell
Extreme Energy

समाजको चेतना स्तर र विकासको गति शिक्षाको गुणस्तरले निर्धारण गर्ने भएकाले समाजमा सकारात्मक योगदान दिनसक्ने करुणा र विनम्रतासहितका अशल नागरिक बनाउने शिक्षा आवश्यक भएको शिक्षामन्त्री श्रेष्ठको धारणा थियो। ‘तथ्याङ्कमा आधारित शिक्षा प्रणाली बनाउनुपर्नेछ। विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ।’, शिक्षामन्त्री श्रेष्ठले भनिन्।

त्यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारीले विद्यार्थी भर्ना अभियानको अगुवाइ स्थानीय सरकारले नै गर्ने भएकाले मन्त्रालयले सबै किसिमको सहयोग गर्ने धारणा व्यक्त गरे। गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने र त्यसका लागि गाउँपालिका महासङ्घले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गानाले बालविकास कक्षामा पाठ्यसामाग्री र शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने बताए। कार्यक्रमको सहजीकरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले गरेका थिए । 

आजको छलफलमा शिक्षामन्त्री, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, मन्त्रालयका अन्य अधिकारीहरू, गाउँपालिका र नगरपालिका महासङ्घका अध्यक्षहरू, स्थानीय सरकारको शिक्षा शाखाका प्रमुखहरू र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू उपस्थित थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।