नेभिगेशन
सबै कुरा

कानुन समितिद्वारा केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयकको औचित्य पुष्ट्याइँ गर्न आग्रह

काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न  बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख्नुपर्ने कारण र औचित्यबारे जानकारी लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयसँग सम्बन्धित दफामा छलफल भएको थियो ।

Ncell
Extreme Energy

समितिमा खासगरी सार्वजनिक खरिद् ऐनका कारण पूर्वाधार निर्माणमा देखिएको अल्झन, निर्माणको गुणस्तर, लगानी र समयावधिसँग जोडिएका विषयमा गहन छलफल भयो ।

त्यस्तै  वीर अस्पतालप्रतिको जनविश्वासलाई सुदृढ तुल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) बाट अलग बनाउने गरी कानुन तर्जुमा गर्नेमा बैठकमा एक मत देखियो । त्यस्तै, आयोजनाका लागि बोलपत्र आह्वान गरी सम्झौताअनुरुप तोकिएको बजेटसीमा र समयावधिभित्र कार्य सम्पन्न नगर्न ठेकेदारलाई जिम्मेवारीबाट हटाएर  भौतिकपूर्वाधार समितिमार्फत गराउन सक्ने व्यवस्था कानुनै उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयका सचिवबीचनै मतैक्यता हुन भने नसकेको पाइयो । 

विकास निर्माणका आयोजना अघि बढाउने सिलसिलामा लामो समयदेखि नै सार्वजनिक खरिद् ऐन बाधक रहेको भन्ने सर्वत्र गुनासो गरिँदासमेत समयमा ऐन संशोधनमा राज्यले किन चासो नदेखाएको भनी समिति सदस्यले प्रश्न गरे ।

संशोधनकर्ताले आयोजनाको  अनुमानभन्दा  समयावधि र लागत बढ्नुले राज्यका समयन्त्रले ठिक मूल्याकन गर्न नसकिरहेको स्पष्ट रहेको भन्दै उनीहरुले कानुनले नै भ्रष्टाचार र अनियमिता बढाउने छिद्र दिएपछि आर्थिक अनुशासन र सुशासन प्रवद्र्धन हुन नसक्ने धारणा राखे ।

सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कोरोना सङ्क्रमणलगायत कठिन बेला वीर अस्पतालले गरेको योगदान स्मरण गर्दै राज्यको स्वास्थ्य प्रणालीको केन्द्रिय अस्पतालकारुपमा स्थापित रहेको बताए । 

उनले भने, “राज्यको मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा जनशक्ति निर्माणमा पनि वीरले योगदान गरिरहेको छ ।” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पूर्वाधार विकासलाई अघि बढाउने सिलसिलामा सार्वजनिक खरिद ऐनमा देखिएको अल्झनलाई सुधार गर्न ऐन संशोधन अघि बढाइएको बताए ।

उनले भने, “आयोजना ठेकेदारले विभिन्न बहानामा अल्झन गरी रोकेर राखेमा उसबाट खोसेर राज्यकै भौतिक पूर्वाधार कम्पनीमार्फत गराइने व्यवस्था कानुनमा रहनु मुलुकका लागि हितको विषय हो ।”

  कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले देशको कृषि विकास र पशुपक्षीको विकास र प्रवद्र्धनका सम्बन्धमा सांसदले राखेका संशोधनले गुणस्तरीय कानुन निर्माणमा योगदान पुग्ने बताइन् । उनले भनिन्, “मुलुकको कृषि क्षेत्रमा दुरगामी असर पर्ने ऐन, कानुन तर्जूमा गर्दा गहन छलफल गरी गुणस्तरीय बनाउनु सक्नुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।