नेभिगेशन
सबै कुरा

शक्तिराष्ट्रबीचको द्वन्द्वले सामाजिक, आर्थिक र धार्मिक समस्या निम्त्याउन सक्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय क्षेत्रमा हाल भइरहेको द्वन्द्व र युद्धका घटनाले शक्ति राष्ट्रबीचको ध्रुवीकरणलाई बढाइरहेको बताइरहेका छन् । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा प्रधानसेनापति शर्माले शक्तिराष्ट्रबीचमा प्रत्यक्ष वा परोक्ष द्वन्द्वका कारण बदलिँदो परिस्थिति र होडबाजीले भौगोलिक तथा आर्थिक रुपमा पछि परेका मुलुकलाई सुरक्षा चिन्ता बढिरहेको बताएका हुन् । शक्तिराष्ट्रबीचको द्वन्द्वका कारण नेपाली जनतालाई समेत प्रत्यक्ष असर परेको बताउँदै उनले शक्ति राष्ट्रले साना राष्ट्रको सार्वभौमत्ता उपेक्षा गरिहेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “रुस र युक्रेन, इजरायल र हमासबीचको द्वन्द्वले विश्वलाई जटिल र अनिश्चित बनाउँदै लगेको छ, नेपालमा रोहिङ्गा शरणार्थीलेसमेत सामाजिक, आर्थिक र धार्मिक समस्या निम्त्याउन सक्ने सम्भावना रहन्छ  ।” सो अवसरमा प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्था र चुनौतीका घटनाको विश्लेषण गर्र्दै यस्ता घटनाले क्षेत्रीय सन्तुलन र स्थिरतामा केही न केही प्रभाव पारिरहेको उल्लेख गरे । संवेदनशील भू–राजनीति, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेड, कृत्रिम बौद्धिकता (आर्टिफिसेल इन्टलिजेन्स) बाट सिर्जित सुरक्षाका चुनौती देखिएको बताउँदै प्रधानसेनापति शर्माले जातीय पहिचानका आधारमा सञ्चालनमा भएका घटना र गतिविधिलाई राजनीतिक दलले पर्गेल्दै लगेको धारणा राखे ।  

Ncell
Extreme Energy

राष्ट्रिय राजनीति सधैँ तरलरुपमा हुने भएकाले यसप्रति सेना सधैँ चनाखो भएर रहने बताउँदै उनले सामाजिक एकतामा कुनै धार्मिक गतिविधिले खलल पु¥याउन हुन्न भन्नेमा दृढ रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।