नेभिगेशन
सबै कुरा

नवनिर्वाचित सांसद सुहाङ नेम्वाङद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए । 

Ncell
Extreme Energy

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा ९एमाले० का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।