नेभिगेशन
सबै कुरा

पार्टी फुटाएर गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता गरियो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाएर गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता भएको आरोप लगाएका छन् । 

बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गर्दै यादवले रातारात पार्टी फुटाएर निर्वाचन आयोगमा केही नेताहरु गएको र आयोगले पनि निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित असंवैधानिक तरिकाबाट रातारात नयाँ दल दर्ताको घोषणा गरेको आरोप लगाएका हुन् । उनले पार्टीबिभाजनको कुनै औचित्य नभएको र अदालतबाट चूनौति दिने स्पष्ट पारे । उनले आफु विदेशमा सम्मेलनमा गएको मौका छोपेर जसपा, एकीकृत समाजवादी र कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला फैलाएको र त्यसमा कुनै आधार नै नभएको बताए । यादवले पार्टी फुटेपनि वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहने जानकारी दिए ।

उनले आफुहरुको कारणले राजनीतिक अस्थिरता नआउने भन्दै पार्टी र संसदीय दलमा आफुहरुकै बहुमत रहेको दावी गरे । उनले संघीयता, पहिचान र मधेशको मुद्दामा निरन्तर लडिरहने र जस्तोसुकै परिस्थीतिको सामना गर्ने जिकिर गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो...