नेभिगेशन
सबै कुरा

पार्टी फुटाएर गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता गरियो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाएर गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता भएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गर्दै यादवले रातारात पार्टी फुटाएर निर्वाचन आयोगमा केही नेताहरु गएको र आयोगले पनि निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित असंवैधानिक तरिकाबाट रातारात नयाँ दल दर्ताको घोषणा गरेको आरोप लगाएका हुन् । उनले पार्टीबिभाजनको कुनै औचित्य नभएको र अदालतबाट चूनौति दिने स्पष्ट पारे । उनले आफु विदेशमा सम्मेलनमा गएको मौका छोपेर जसपा, एकीकृत समाजवादी र कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला फैलाएको र त्यसमा कुनै आधार नै नभएको बताए । यादवले पार्टी फुटेपनि वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहने जानकारी दिए ।

Ncell
Extreme Energy

उनले आफुहरुको कारणले राजनीतिक अस्थिरता नआउने भन्दै पार्टी र संसदीय दलमा आफुहरुकै बहुमत रहेको दावी गरे । उनले संघीयता, पहिचान र मधेशको मुद्दामा निरन्तर लडिरहने र जस्तोसुकै परिस्थीतिको सामना गर्ने जिकिर गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।