नेभिगेशन
सबै कुरा
आजकाे मैसम

कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा बाँकी पहाडी भागका आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी र बागमती  प्रदेशलगायत देशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

Ncell
Extreme Energy

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

 आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...