नेभिगेशन
सबै कुरा

नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी पहिल्यायो ?

काठमाडौं । नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो एक खरिद प्रक्रियाबाट किनेको टिपरमाथि गरेको अनुसन्धानका क्रममा यस्तो रहस्य सार्वजनिक भएको हो । 


City Express

आयात गरेर ग्यारेजमा थन्क्याएर राखिएको पुरानो गाडी नयाँ  भन्दै महानगरलाई भिडाइएको आफ्नो अनुसन्धानमा खुलेको महानगरका प्रवक्ता नवीन मानन्धरले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।  

सिप्रदी ट्रेडिङले बिक्री गरेको ६ वटा सामान बोक्ने टिपर मध्ये चार वटा सार्वजनिक खरिद प्रक्रियाले तोकेको समय भन्दा पहिले बनेको र पुरानो भएको पाइएको मानन्धरले बताए । ‘हामीले सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो र ग्यारेजमा थन्क्याएर राखेर राखिएको टिपर हामीलाई बिक्री गरेको पाइयो,’ प्रवक्ता मानन्धरले भने, ‘यो कैफियत हामीले सिप्रदीलाई पनि जानकारी गराई सकेका छौँ । उसले गल्ति स्वीकार गरेर गाडी फिर्ता लैजाने भनेको छ ।’

सिप्रदी प्रकरणमा महानगरले गरेको अनुसन्धानले नेपालमा उपभोक्ताहरू माथि भइरहेको फरक किसिमको अपराध सार्वजनिक भएको भन्दै थप छानबिन गर्न पनि महानगरले माग गरेको छ । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । 

एक वर्ष लगाएर किनेको टिपरमा ठगिएको महानगर

आन्तरिक ढुवानीका लागि भन्दै काठमाडौं महानगरले २०८० वैशाखमा साढे २ करोड रुपैयाँ मूल्य बराबरको ६ वटा टिपर किन्ने बोलपत्र आह्वान गरेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारकाअनुसार वैशाख १५ गते आह्वान गरेको बोलपत्रमा २०८० जेठ २१ गते मूल्याङ्कन गरिएको थियो भने २०८० मंसिर १० गते सिप्रदी ट्रेडिङसँग खरिद सम्झौता गरिएको थियो ।

जसअनुसार टिपरको प्रतिथान मूल्य ४१ लाख ३ हजार ९९९ रुपैयाँ कायम भएको थियो । सम्झौता भएको २ महिना पछि २०८० माघ १७ गते महानगरलाई सिप्रदीले टिपर उपलब्ध गराएको प्रशासकीय अधिकृत परियारले बताए । 

जसको कुल मूल्य २ करोड ४६ लाख २३ हजार ९९४ रुपैयाँ थियो । खरिद भएको वस्तुमा कैफियत देखिए पछि उक्त टिपरको भुक्तानी रोक्का राखिएको र अनुसन्धान अघि बढाएर महानगर अघि बढेको परियारले जानकारी दिए । 

कसरी पत्ता लाग्यो पुरानो गाडी ?

सामान्यतया शोरुमहरुले नयाँ गाडी र गाडीको ब्लु बुक उपलब्ध गराएपछि सवारी धनीहरूले गाडीको भित्री बनावटबारे खासै चासो राख्ने गरेको पाइन्न । 

गाडी बिक्रेताहरूले गाडीको मर्मत सम्भारमा आकर्षक अफरहरू पनि दिने गरेका कारण उपभोक्ताहरूले प्राविधिक विषयमा कुनै चासो राख्दैनन् । तर, काठमाडौं महानगरले भने सिप्रदीले उपलब्ध गराएको टिपरको बनेको मिति र आफ्नो बोलपत्रको मागअनुसारको तथ्य जाँच गराएको थियो । महानगरका अधिकारीहरूकाअनुसार नेपालमा यस्तो खालको परिक्षण पहिलो पटक गरिएको थियो । जसमा सिप्रदी ट्रेडिङले पुरानो अवस्थाका ४ वटा टिपर उपलब्ध गराएको खुलेको थियो । 

महानगरका प्रवक्ता नवीन मानन्धरकाअनुसार बोलपत्र दाताले उपलब्ध गराएको उपलब्ध माल सामानको परिक्षण गर्नुपर्ने खरिद सम्झौताको नियमअनुसार परिक्षणरनिरक्षण गर्दा सिप्रदीको कैफियत पत्ता लागेको हो । यस्तो पत्ता लागेबाट उपभोक्ताहरूमाथि भइरहेको ठगीको नयाँ शैली पत्ता लागेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महानगरले सिप्रदीबाट गाडी प्राप्त गरेपछि भीआइएन नम्बर र च्यासिस नम्बर जाँच चेक गरेको प्रवक्ता मानन्धरले बताए । जसमा महानगरले प्राप्त गरेका चार वटा गाडीहरु टिपरहरु सन् २०२१ मा बनेको र २ वटा गाडीहरू २०२२ मा बनेको पाइको थियो । तर, सिप्रदी ट्रेडिङले महानगरलाई उपलब्ध गराएको टिपरहरुको बिलबुकमा ति टिपरहरु सबै सन २०२२ मा बनेको भनी उल्लेख गरेर ढाँटेको महानगरले जनाएको छ । बिलबुकमा नयाँ भन्ने तर सामान चाँही पुरानो दिने । योत सरासर झुट भयो,’ प्रवक्ता मानन्धरले सिधाकुरासँग भने,‘ ग्यारेजमा थन्किएको पुरानो सामान दिने र छली गर्ने काम गरियो ।’

सन् २०२२ मा बनेको टिपर भनेर बोलपत्रमा स्पष्ट खुलाउँदा नै सरासर महानगरलाई ढाँट गर्ने काम गरिएका कारण सिप्रदी कारबाहीको भागिदार रहेको महानगरपालिकाले जनाएको छ । 

सिप्रदी ट्रेडिङलाई ३ वर्ष कालोसूचीमा राख्न सिफारिस

यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा यस्तो सिफारिस गरिएको महानगरले जनाएको छ ।

‘सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएकोले उसलाई कारबाही गर्नु पर्ने देखियो,’ प्रवक्ता नवीन मानन्धरले भने,‘ अहिलेलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । ’ 

यता सिप्रदी ट्रेडिङले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न इन्कार गर्यो । महानगरको पत्रकार सम्मेलन पछि आन्तरिक अध्ययन भइरहेको भन्दै सिप्रदीले उपयुक्त समयमा आफ्नो धारणा सार्वजनिक गर्ने सिधाकुरालाई बतायो ।   

खरिद सम्झौताविपरीतका सवारी साधन उपलब्ध गराउने सिप्रदी ट्रेडिङ्लाई कालो सूचीमा राख्न सिफारिस

सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी...
आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् । चामल, गहुँ,...
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।
हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

हिजो किर्तिमान बनाएको सुनको मूल्य आज स्थिर

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।