नेभिगेशन
सबै कुरा

जब बालेनले प्रधानमन्त्रीको पार्टी कार्यालयमा खन्याउन ४ ट्रक फोहोर पठाए

काठमाडौँ । कान्स फिल्म फेस्टिवलमा भाग लिन गत जेठ १ गते काठमाडौँ महानगरपालिका मेयर बालेन शाह फ्रान्स उडे । उनीसँगै उनका सल्लाहकार कुमार ब्यञ्जनकार र सुनिल लम्साल पनि सँगै फ्रान्स गएका थिए। व्यञ्जनकार र लम्साल काठमाडौँ महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

तर,बालेन फ्रान्समा भएको समयमा बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरे। नजानिदाे तरिकाबाट फाेहाेर बाेकेका ट्रकलाई फाेहाेर फाल्न राेकेपछि याे विषय मेयरलाई रिपाेर्टिङ भयाे। महानगर स्राेतका अवराेधका कारण पछिल्लाे ४ दिनदेखि काठमाडाैँका केही स्थानहरुमा फाेहाेर उठ्न सकेकाे छैन् । 

CG

कान्सबाट सोमबार बिहान बालेन काठमाडाैँ आइपुगे । बालेन फर्किएपछि उनलाई बञ्चरेडाँडामा फोहोर फाल्न रोकिएको विषयमा थप स्पष्ट पारियाे ।

धादिङ र नुवाकाेटका तीन राजनीतिक दल एमाले, माओवादी र कांग्रेसका नेताहरुको योजनामा बालेन नभएको समयमा फोहोर फाल्न अवरोध गरिएको रिपोर्टिङ भएको महानगर स्रोतले बतायो । ‘बालेन नभएको बेला यो गर्मीमा काठमाडौँको फोहोर फाल्न अवरोध गर्ने र काठमाडौँलाई दुर्गन्धित बनाएर बालेनलाई अपजस खेप्न बाध्य बनाउने योजना बनेको रहेछ । मेयरसाबलाई त्यही रिपोर्टिङ भयो ।’ महानगर स्रोतले सिधाकुरालाई बतायो । 

राजनीतिक दलले चाहेमा २ मिनेटमै फोहोर व्यवस्थापन गर्न रोक्ने र  २ मिनेटमै सहमति हुँदै आएको विषयमा बालेन जानकार छन् । फोहोर व्यवस्थापनमा सधैँ राजनीति हुन थालेपछि बालेनले अजित भएर आज दिउँसाे ४ ट्रक फोहोर भरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पार्टी अर्थात नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय रहेको स्थान पेरिस डाँडामा पठाए ।

पार्टी कार्यालयमा खन्याउन बालेनले फाेहाेर पठाएकाे कुरा पेरिस डाँडाले प्रहरीलाई खबर गर्याे । माओवादीको पार्टी कार्यालयमा खन्याउन टनाटन फोहोर बोकेर गएका चारवटा ट्रकका चालकलाई  पक्राउ गरियो । त्यसपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा आक्राेसित हुँदै स्टाटस लेखे । 

'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन,  सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !'

पेरिस डाँडाबाट फाेहाेर बाेकेका ४ ट्रक सहित त्यसका चालक पक्राउ परेकाे महानगरकाे दाबी छ । तर, काठमाडाैँ प्रहरीले भने यस्ताे नभएकाे दाबी गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रवक्त्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारीकाअनुसार परिसर हातामा रहेका ४ वटा फाेहाेर बाेकेका ट्रक र त्यसका चालकलाई महानगरकाे वातावरण विभागमा बुझाइएको छ। 

 'परिसर हातामा रहेका ४ वटा फाेहाेर बाेकेका ट्रक र त्यसका चालकलाई महानगरकाे वातावरण विभागमा बुझाइएको छ,' प्रवक्त्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारी  भने, 'पक्राउ गरिएकाे विषयमा  म जानकार छैन् ।'   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै