नेभिगेशन
सबै कुरा

वीरगञ्ज महानगरमा दिनकाे दुईपटक फोहर उठाइँदै

वीरगञ्ज । देशको संघीय राजधानी काठमाडौँवासीले साताको एक पटक फोहरमैला संकलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् ।

Extreme Energy
Everest cinsult

राजधानीवासीलाई सुन्दै अनौठो र अचम्मित पार्ने दृश्य मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्ज महानगरमा देख्न पाइन्छ । औद्योगिक र व्यापारिक नागरिकको उपमा पाएको वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला संकलन हुँदै आइरहेको छ । 

महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला संकलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर संकलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैन । उद्योगी-व्यवसायी तथा सरकारी निकायले मासिक रु तीन सयदेखि रु तीन हजारसम्म शुल्क तिर्नुपर्ने नियम छ ।

वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व सम्हालेसँगै फोहरमैला संकलनलाई उच्च प्राथामिकता दिँदै आइरहेका छन् । जनस्तरबाट भने अपेक्षाकृत रुपमा फोहरमैला व्यवस्थापनमा सचेतना अपनाएको कमै मात्र देखिन्छ । 

नगरप्रमुख सिंहले सामान्य अवस्थामा दिनको दुई पटक फोहरमैला संकलन गर्दै आइरहेको बताए ।

महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५/६५ मेट्रिक टन फोहरमैला संकलन हुँदै आएको छ । विगत छ वर्षदेखि फोहरमैला संकलन र व्यवस्थापनको काम निजी क्षेत्रबाट हुँदै आएको छ । महानगरले ठेक्का सम्झौता गरेर यहाँको फोहरमैला व्यवस्थापनको काम पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएका थियो । जेभिले वीरगञ्ज महानगरका ३२ वटै वडाको फोहरमैला संकलन गर्दै आइरहेको छ । महानगर र जेभीबीच विसं २०७६ जेठ २ गते पाँच वर्षसम्मका लागि सम्झौता भएको थियो ।  

महानगरका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर फोहरमैला व्यवस्थापनको जिम्मेवारी दिएको बताए। महानगर र जेभिबीच भएको सम्झौतामा प्रत्येक वर्ष फरक–फरक दररेटमा फोहरमैला संकलन गर्ने उल्लेख गरिएको छ । सम्झौताको पहिलो वर्ष महानगरभित्र उत्पादन हुने फोहरमैला निजी क्षेत्रले व्यवस्थापन गरेबापत आव २०७५/७६ मा रु चार करोड ८४ लाख रकम दिने सम्झौता गरेको थियो । 

दोस्रो वर्ष आव २०७६(७७ मा पाँच करोड सात लाख ५६ हजार दिने उल्लेख छ ।  आव २०७७/७८ मा पाँच करोड २८ लाख ८८ हजार, आव २०७८/७९ मा रु पाँच करोड ५० लाख र आव २०७९/८० मा पाँच करोड ७२ लाख रकम उपलब्ध गराइएको थियो । अहिले महानगरले रु पाँच करोड ७२ लाखमा खर्च तिरेर फोहरमैला व्यवस्थापन गराउँदै आइरहेको छ । 

निजी कम्पनीले दैनिक २५ ट्रयाक्टर तथा तीन ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइएको जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन गरेबापत सर्वसाधारणबाट कुनै शुल्क लिदैन ।

 उद्योगी तथा व्यापारीसँग मासिक रु तीन सय देखि रु तीन हजारसम्म लिने गरिएको जनाइएको छ । यहाँबाट निस्कने फोहरमैलाको व्यवस्थापन पर्सा र बारा जिल्लाको सीमा क्षेत्र विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याल्डफिल्ड साइडमा हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ । श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश...
गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

गाडी एक्सचेन्जका लागि टाटाले ल्यायो ‘नयाँ वर्ष शुभएक्सचेन्ज’: टाटा कारको खरिदमा आइपीएल हेर्न जाने मौका

यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ। यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन,...
तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

तनहुँमा ‘अनलाइन’बाट मतदाता नामावली दर्ता कार्य सुरु

राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै...

भर्खरै