नेभिगेशन
सबै कुरा

दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध

काठमाडौँ । दुई घण्टा देखि वर्ल्डलिंकको इन्टरनेट देशभर डाउन भएको छ । बिना कुनै जानकारी इन्टरनेट सेवा अवरुद्ध हुँदा ग्राहकहरू समस्यामा परेका छन् ।

देशभर आफ्नो इन्टरनेटको सर्भर डाउन भएको वर्ल्डलिंक जनाएको छ । इन्टरनेट नचलेका कारण ग्राहकहरूको सोधीखोजी ह्वात्तै बढ्दा वर्ल्डलिंकको ग्राहक सेवा केन्द्र समेत काम गर्न नसक्ने अवस्थामा पुगेको छ ।

दुई घण्टा देखी निकै कमजोर सेवा प्रवाह भएकोमा एक घण्टा देखि सेवा प्रवाहमा कठिनाइ देखिएको वर्ल्डलिंकको दाबी छ । पौने १२ बजेबाट सर्भर डाउन भएको र अझै कति समयमा सेवा सुचारु हुन्छ भन्ने कुनै यकिन नभएको वर्ल्डलिंकको ग्राहक सेवा केन्द्रले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।
सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको...

भर्खरै