नेभिगेशन
सबै कुरा

कहिले बन्छ पथलैया-अमलेखगन्ज सडक ?

बारा । पथलैया–अमलेखगन्ज सडक खण्ड अन्तर्गतको पर्सा राष्ट्रीय निकुञ्जको आधार क्षेत्रमा बाटो भत्किएर असरल्ल परेको छ । सडकको नियमित मर्मतसम्भार नहुँदा दैनिक हजारौँ सर्वसाधारण र सवारी चालकले आवत जावतमा सास्ती भोग्नु परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक मर्मत सम्भारको नाममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा सवारी जाम समेत बढ्दै गएको भन्दै सवारी चालक र स्थानीयबासीहरु आक्रोशित छन् ।   

Ncell
Extreme Energy

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, हेटोडाले पथलैया अमलेखगन्ज रोड सेक्सनको काम दिएको चौधरी निर्माण सेवा, जनकपुर धनुषाले सुस्त गतीमा काम गरेका कारण दैनीक हजारौ यात्रुले धुलो र खाडलको सामना गर्नुपरेको सवारी चालक महेश खनालले बताए । 

निर्माण कम्पनीले ४ करोड १२ लाख ३ सय ४८ रुपैयाँ ९० पैसामा २०८० माघ २२ गते सम्झौता गरेर २०८१ जेठ २२ गते सम्पन्न गर्नुपर्ने भएता पनि ५० ५ पनि काम नहुदा यात्रु देखि चालकसम्मले हैरानी खेप्नु परेको छ । 

देशकै प्रमुख भन्सार बिरगंज भन्सार हुँदै दैनिक यही बाटो हुँदै हजारौं सवारी साधनले देशका विभिन्न स्थानमा विभिन्न सामाग्री ढुवानी गर्ने गर्छन । तर, काम सकारेर ढिलासुस्ती गर्ने निर्माण कम्पनीले समयमा कहिल्यै काम नगर्ने परिपाटीका कारण सास्ती खेप्नुभन्दा अर्को उपाय नभएको स्थानीय बताउँछ्न ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
यी पाँच आयोजनाका सुरुङमा जारी छ खोजी

यी पाँच आयोजनाका सुरुङमा जारी छ खोजी

उद्धार टोलीले रसुवागढी, त्रिशूली थ्री ए, त्रिशूली ३ बी, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउसमा खोजी गरिरहेको छ ।
सागर ढकालको सचिवालयद्वारा उद्धारमा हस्तक्षेप गरेको समाचारको खण्डन

सागर ढकालको सचिवालयद्वारा उद्धारमा हस्तक्षेप गरेको समाचारको खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालको सचिवालयले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको उद्धार कार्यमा सांसद ढकाल र श्रीराम न्यौपानेले हस्तक्षेप गरेको भन्ने समाचारको खण्डन गरेको छ।
बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई...

भर्खरै