नेभिगेशन
सबै कुरा

दाङमा लागुऔषध ब्राउन सुगर र नगद एक लाख बढि रकमसहित दुई जना पक्राउ

दाङ । दाङमा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर दाङको देउखुरीमा अबस्थित इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवा बजारबाट लमही तर्फ जाँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा अवैध लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गाउँपालिका ७ बढवाका अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही स्थानका मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले बताइन ।

City Express

उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, १ लाख ३९ हजार ५ सय रुपैँया नगद, ५ थान मोबाइल (स्क्रीन टच ४ थान र एक थान सादा) र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...