नेभिगेशन
सबै कुरा

नक्कली अफर लेटर देखाएर ५ वर्षदेखि विद्यार्थी ठग्दै भ्याली इन्स्टिच्युट, पैसा माग्दा बाउन्सर लगाउँछ

२८ भदौ, काठमाडौं - किर्तिपुरको नयाँबस्तीमा रहेको भ्याली इन्स्टिच्युटका संचालकले दर्जन बढी विद्यार्थीको लाखौँ रकम फिर्ता नगरी फरार भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

भ्याली इन्स्टिच्युटबाट पीडित हुनेमध्येकी एक हुन्, महेन्द्रनगरकी इश्वरी चौधरी । विद्यार्थी भिसामा कोरिया जाने सपना सजाएर ५ वर्षअघि काठमाडौँ आएकी उनी, चाबहिलको एक कोरिएन भाषा कक्षा संचालन हुने ठाउँमा पुगिन् । जुन भाषा कक्षा किर्तिपुरको भ्याली इन्स्टिच्युट नामक संस्थाले संचालन गरेको थियो । 

उक्त इन्स्टिच्युटले उपत्यकाका विभिन्न स्थानमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । सोही अनुरुप उनी आफूलाई पायक पर्ने स्थान किर्तिपुरको नयाँ बस्तीमा रहेको कार्यालयमा पढ्न थालिन् । 

पढ्न थालेको केही समयपछि विभिन्न चरणमा उनको इन्टरभ्यु भयो । इश्वरी छनोट पनि भइन् । इन्स्टिच्युटले अफर लेटर समेत प्रिन्ट गरेर दियो । अफर लेटर नै आईसकेपछि ईश्वरी कोरिया पुग्नेमा ढुक्क थिइन् । त्यसपछि उनलाई कोरिया जाने तयारी गर्नु भन्दै इन्स्टिच्युटले घर पठायो । केही दिनपछि इन्स्टिच्युटबाट फोन आयो, र नो अब्जेक्सन लेटर (एनओसी) बनाउनुपर्छ भनियो । ईशवरीले एनओसी पनि बनाईन् । त्यसपछि उनको प्रक्रिया पूरा भएको भन्दै रकम जम्मा गर्न भनियो । रकम जम्मा गर्न उनलाई व्यक्तिगत खाताको विवरण उपलब्ध गराईयो । 

अफर लेटरको प्रिन्ट पाईसकेकी ईश्वरीले ढुक्क भएर उक्त खातामा ८ लाख रुपैयाँ जम्मा गरिन् । उनी भन्छिन्, ‘एनओसी बनाउन बोलाउनुभयो । एनओसी बनाएपछि अब पैसा हाल्नुपर्यो भनेर फोन गरेर पैसा मगाउनुभयो । पैसा हाल्नलाई कम्पनीको नभएर व्यक्तिको खाता दिनुभयो । त्यसैमा पैसा जम्मा गरेँ । व्यक्तिको खातामा पैसा हाल्न नहुने थाहा भएन।’ 

ईश्वरीलाई इन्स्टिच्युटले रुपलाल थापा नाम गरेका व्यक्तिको खाता नम्बर उपलब्ध गराएको थियो । रुपलाल थापा, हिमाल गड्तौला र गजेन्द्र तामाङ् उक्त इन्स्टिच्युटका काउन्सिलर अर्थात सल्लाहकार हुन् । ईश्वरीले सोही खातामा सम्पूर्ण पैसा जम्मा गरिन् । 

पैसा जम्मा गरेपछि कोरिया पुग्नेमा ढुक्क भएकी ईश्वरीले केही समयपछि थाहा पाइन् कि उनलाई देखाइएको आफर लेटर नक्कली रहेछ । उनको प्रोसेसिङको लागि तयार गरिएका अन्य कागजात पनि सबै नक्कली रहेछन् । उक्त समयदेखि हालसम्म उनी आफ्नो पैसा फिर्ता माग्नको लागि निरन्तर काठमाडौं धाईरहेकी छिन् । 

इश्वरीले उनीहरुको खातामा पैसा जम्मा गरेको ५ वर्षभन्दा धेरै भइसकेको छ । तर इन्स्टिच्युटका पदाधिकारीहरु कहिल्यै उनको सम्पर्कमा आउँदैनन् । बल्लतल्ल फोन उठेपनि त्यहाँका संचालकदेखि सम्पूर्ण कर्मचारीहरु जसरी पनि कोरिया पठाउने भन्दै आश्वस्थ पार्नेतिर लाग्छन् । ‘हाम्रो गाउँ त टाढा छ भन्नेबित्तिकै आउन सकिँदैन । फोन गरेर सोध्दा, हामी जसरी पनि गर्छौँ । तपाईँहरुलाई जसरी पनि कोरिया पठाउँछौँ । ढुक्क भएर बस्दा हुन्छ भन्छन् ।’

आफ्नो पैसा फिर्ता नहुने भएपछि उनले पछिल्लो समय जिल्ला प्रहरी परिसर टेकुमा इन्स्टिच्युटका पदाधिकारीविरुद्ध ठगीको उजुरी दर्ता गराइन् । त्यसपछि भने ईश्वरीले विभिन्न चरणमा एक लाख ५० हजार पैसा फिर्ता पाइन् । बाँकी पैसा अझै फिर्ता पाएकी छैनन् । 

ईश्वरीले गाउँघरमा ब्याज ऋण लिएर पैसा बुझाएकी थिइन् । उनले पाँच वर्षको ब्याज पर्दैन, सावाँ मात्र भएपनि फिर्ता गरिदिनु भन्दा अहिले त इन्स्टिच्युटका कर्मचारीले इश्वरीलाई कार्यालय प्रवेशमै रोक लगाउने गरेका छन् ।  ‘एकदिन कक्षाबाहिर भ्याली इन्स्टिच्युटको प्रमुख संचालक सुबास राइको बाइक देखेँ । भित्र गएर भेट्नुपर्यो भन्दा रिसेप्सनबाट भित्र नै छिर्न दिइएन । तलै बस, यहिँ पर्ख सरलाई डिस्टर्ब हुन्छ भनेर भेट्नै दिएनन्’ उनी भन्छिन् ।  

५ वर्ष कोरिया पनि पठाउन नसकेको र पैसा पनि फिर्ता नपाएको गुनासो लिएर ईश्वरी हाम्रो कार्यालयसम्म आइन् । त्यसपछि हाम्रो टिम रिपोर्टिङको लागि किर्तिपुरस्थित भ्याली इन्स्टिच्युटको कार्यालय पुग्यो । त्यहाँ पुग्दा उक्त इन्स्टिच्युका कर्मचारीहरुले इन्स्टिच्युका संचालकहरु कोही पनि कार्यालय नआउने बताए । 

त्यसपछि हामी सोही इन्स्टिच्युटकै अर्को भवनमा छिर्यौँ । त्यहाँ इन्स्टिच्युटका संचालक सुवास राइलाई फेला पार्यौँ । हामी पुग्नासाथ बाउन्सर वरिपरी राखेर आफ्नो शक्ती प्रदर्शन गर्न थाले । हामीले ईश्वरीको रकम फिर्ता, नक्कली अफर लेटर लगायत विषयमा गरेको प्रश्नलाई वास्तै नगरी उनी हाम्रो प्रश्न टार्ने प्रयास गर्न थाले र केहीबेरमा त्यहाँबाट भागे । 


सो क्रममा हामीले इन्स्टिच्युटबाट पीडित बनेका अन्य विद्यार्थीहरु भेट्यौँ । ति विद्यार्थीहरुको समस्या पनि ईश्वरीको भन्दा फरक थिएन । २०१९ मा उनीहरुले बुझाएको पैसाको ब्याज बढेर कहाँ पुग्यो अत्तोपत्तो छैन तर संचालकहरु भने उनीहरुको पैसा लिएर फरार बन्ने गरेको गुनासो छ । आक्लझुक्कल कसैले भेटिहाल्यो भनेपनि संचालकहरु अनेक बहना बनाएर पन्छने गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...