नेभिगेशन
सबै कुरा

संघको नाममा खेलकुदलाई बन्धक बनाउनेलाई कारवाही गर्ने खेलकुदमन्त्री श्रेष्ठको चेतावनी

काठमाडाैँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई कुनै पनि संघले बन्धक बनाएर राख्न नपाउने बताएका छन् । 

मंगलबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा सञ्चालन गरिएको आर्थिक बर्षको कार्यक्रम तालिका सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुनै काम नगर्ने तर संघको नाममा खेलकुदलाई बन्धक बनाउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् । उनले खेलकुदका कार्यक्रम आयोजना नगर्ने संघको कुनै औचित्य नरहेको भन्दै आफुले यस बिषयमा अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने उललेख गरेका हुन् । 

संघमा देखिएको कुनै समस्या देखिए त्यसलाई समाधान गर्न आफु तयार रहेको मन्त्री श्रेष्ठले बताए । यसपटक खेलकुद क्षेत्रको बजेट बढेर आएको र सरकारले पनि ८० वटा खेलको आयोजना गर्ने महत्वकांक्षी संकल्प लिएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले खेलको क्यालेण्डर सार्वजनिक भएसँगै आफ्नो पहिलो निर्णय कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरेका छन् । 

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले सरकारको अग्रसरताका कारण पारदर्शी ढंगले खेलकुदको क्यालेण्डर बनाउन सफल भएको भन्दै यसलाई कार्यान्वयनमा लगिने बताए । उनले खेलकुद संघलाई क्रियाशील बनाउनका लागि राखेपले आवश्यक सहजीकरण गर्ने बताएका छन् । 

राखेपले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी आर्थिक बर्षमा राखेपले ११ वटा कार्यक्रम गर्नेछ भने ३५ वटा राष्ट्रिय खेल संघमार्फत ६८ वटा अन्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुनेछन् । त्यस्तै ४१ वटा राष्ट्रिय खेलकुद संघहरुमार्फत १ सय २२ वटा राष्ट्रिय कार्यक्रमहरु आयोजना हुने राखेपले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...