नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेश सरकारले मन्त्री निवासकाे पानी र विद्युतको महसुल नतिर्दा भवन उपलब्ध गराउनेहरु समस्यामा

दाङ । लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूको आवासका लागी उपलब्ध गराइएका भवनको प्रदेश सरकारले विद्युत र पानीको रकम भुक्तानी नगरिदिँदा भवन उपलब्ध गराउने संघ संस्थाहरू समस्यामा परेका छन । 

प्रदेश सरकार अस्थाई मुकाम बुटवलबाट स्थायी राजधानी दाङको देउखुरीमा सरेपछि मन्त्रीहरूको आवासका लागी दाङको लमहीमा २०७९ साल माघ १० गते भवन उपलब्ध गराइएको  थियो । जसका लागी लमहीमा रहेका विभिन्न सङ्घसंस्थाले भवन उपलब्ध गराएका थिए । तर सोही भवनको पानी र विद्युतको महसुल तिर्न प्रदेश सरकारले आनाकानी गरेपछि भवन उपलब्ध गराउनेहरू समस्यामा परेका छन् । 

City Express

मन्त्रीहरूको आवासका लागी उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न सङ्घसंस्थाहरूले व्यवस्था गरिदिएका थिए । जसमा देउखुरी उद्योग वाणिज्य संघको भवन आर्थिक मामिला मन्त्रालय  ,लमही होटल व्यावसायी संघको भवन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, रोयल देउखुरी यातायात प्रालि को भवन जलस्रोत व्यवस्था ग्रामीण तथा सहकारी विकास मन्त्रालय, राप्ती सेवा यातायात प्रालिको भवन स्वास्थ्य मन्त्रालय , नेत्रलाल अभागी प्रतिष्ठानको भवन यातायात उद्योग पर्यटन व्यवस्था मन्त्रालय, दाङ नेत्रहीन संघको भवन वन तथा वातावरण मन्त्रालय र देउखुरी भारतीय भूपू संगठनको भवन कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरूको निवासका लागि उपलब्ध गराइएको थियो । 

भवन उपलब्ध गराएका सङ्घसंस्थाहरूको भुक्तानी तिर्न बाँकी रहेका मध्ये दाङ नेत्रहीन संघको ३४ हजार २ सय १९, सहिद नेत्रलाल अभागी भवनको १६ हजार ४ सय ४५ रुपैयाँ, रोयल देउखुरी यातायात प्रालिको ४ हजार ८ सय रुपैयाँ र लमही होटल व्यावसायी संघको ३ हजार ९ सय ४५ रुपैयाँ रहेको छ । लामो समयदेखि पानीको महसुल नबुझाएपछि यतिबेला लमही खानेपानी तथा सरसफाइ संस्थाले भवन उपलब्ध गराउने संस्थालाई पत्राचार गरेको छ । विद्युतको भुक्तानी कति बाँकी छ भन्ने यकिन हुन नसकेको संघ संस्थाको भनाइ छ ।


आफूहरूले महसुल भुक्तानी गराइदिन पटकपटक प्रदेश सरकारलाई पत्राचार गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले बताए । सुरुमा ६ महिनाका लागि मात्र प्रयोग गर्ने सहमति भएपनि हालसम्म पनि प्रदेश सरकारका मन्त्रीहरूले यिनै भवनहरू प्रयोग गर्दै आएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।