नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेश सरकारले मन्त्री निवासकाे पानी र विद्युतको महसुल नतिर्दा भवन उपलब्ध गराउनेहरु समस्यामा

दाङ । लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूको आवासका लागी उपलब्ध गराइएका भवनको प्रदेश सरकारले विद्युत र पानीको रकम भुक्तानी नगरिदिँदा भवन उपलब्ध गराउने संघ संस्थाहरू समस्यामा परेका छन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकार अस्थाई मुकाम बुटवलबाट स्थायी राजधानी दाङको देउखुरीमा सरेपछि मन्त्रीहरूको आवासका लागी दाङको लमहीमा २०७९ साल माघ १० गते भवन उपलब्ध गराइएको  थियो । जसका लागी लमहीमा रहेका विभिन्न सङ्घसंस्थाले भवन उपलब्ध गराएका थिए । तर सोही भवनको पानी र विद्युतको महसुल तिर्न प्रदेश सरकारले आनाकानी गरेपछि भवन उपलब्ध गराउनेहरू समस्यामा परेका छन् । 

Ncell
Extreme Energy

मन्त्रीहरूको आवासका लागी उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न सङ्घसंस्थाहरूले व्यवस्था गरिदिएका थिए । जसमा देउखुरी उद्योग वाणिज्य संघको भवन आर्थिक मामिला मन्त्रालय  ,लमही होटल व्यावसायी संघको भवन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, रोयल देउखुरी यातायात प्रालि को भवन जलस्रोत व्यवस्था ग्रामीण तथा सहकारी विकास मन्त्रालय, राप्ती सेवा यातायात प्रालिको भवन स्वास्थ्य मन्त्रालय , नेत्रलाल अभागी प्रतिष्ठानको भवन यातायात उद्योग पर्यटन व्यवस्था मन्त्रालय, दाङ नेत्रहीन संघको भवन वन तथा वातावरण मन्त्रालय र देउखुरी भारतीय भूपू संगठनको भवन कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीहरूको निवासका लागि उपलब्ध गराइएको थियो । 

भवन उपलब्ध गराएका सङ्घसंस्थाहरूको भुक्तानी तिर्न बाँकी रहेका मध्ये दाङ नेत्रहीन संघको ३४ हजार २ सय १९, सहिद नेत्रलाल अभागी भवनको १६ हजार ४ सय ४५ रुपैयाँ, रोयल देउखुरी यातायात प्रालिको ४ हजार ८ सय रुपैयाँ र लमही होटल व्यावसायी संघको ३ हजार ९ सय ४५ रुपैयाँ रहेको छ । लामो समयदेखि पानीको महसुल नबुझाएपछि यतिबेला लमही खानेपानी तथा सरसफाइ संस्थाले भवन उपलब्ध गराउने संस्थालाई पत्राचार गरेको छ । विद्युतको भुक्तानी कति बाँकी छ भन्ने यकिन हुन नसकेको संघ संस्थाको भनाइ छ ।


आफूहरूले महसुल भुक्तानी गराइदिन पटकपटक प्रदेश सरकारलाई पत्राचार गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले बताए । सुरुमा ६ महिनाका लागि मात्र प्रयोग गर्ने सहमति भएपनि हालसम्म पनि प्रदेश सरकारका मन्त्रीहरूले यिनै भवनहरू प्रयोग गर्दै आएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।