नेभिगेशन
सबै कुरा

जब एक पुरुषले आफू, श्रीमती र तीन छोरीमाथि मट्टितेल खन्याएर आगो लगाए...

काठमाडाैँ । काठमाडौँको चाबहिलमा एक पुरुषले आफू, श्रीमती र तीन छोरीमागि मट्टितेल खन्याएर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरेर घर पुगेका ५२ वर्षका चञ्चल सिहंले मंगलबार राति सपरिवारमाथि आगो लगाएका हुन् । 

उनले आफूसँगै श्रीमति विनु सिंह, छोरीहरू सुप्रिया, समृद्धि र सुहानीमाथि आगो लगाएका हुन् । सपरिवारमाथि आगो लगाएको सूचना पाएपछि उद्धारका लागि पुगेको प्रहरी वृत्त गौशालको टोलीले उनीहरुको उद्धार गरी अस्पताल पुर्याएको थियो । सुरुमा धुमबराहीको हेल्पिङ ह्याण्ड अस्पताल पुयाइएको उनीहरुको उपचार सम्भव नभएपछि उनीहरुलाई कीर्तिपुरको बर्न अस्पतालमा पुर्‍याइएको छ । 

आगो लगाएर घाइते भएकामध्ये जेठी छोरी सुप्रिया र माइली छोरी समृद्धीको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । जेठी र माइली छोरीको शरिरको अधिकांश भाग जलेको अस्पतालले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ५२ वर्षिया चञ्चलले मादक पदार्थ सेवन गरेर सँधैजसो घरमा झगडा गर्ने गरेका थिए । त्यसो त केही दिनअघि मात्र उनको श्रीमति विनुले गौशाला प्रहरीमा पुगेर श्रीमानले हिंसा गरेको भन्दै उजुरी गराएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् ।
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ
केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी...

भर्खरै