नेभिगेशन
सबै कुरा

जब एक पुरुषले आफू, श्रीमती र तीन छोरीमाथि मट्टितेल खन्याएर आगो लगाए...

काठमाडाैँ । काठमाडौँको चाबहिलमा एक पुरुषले आफू, श्रीमती र तीन छोरीमागि मट्टितेल खन्याएर आगो लगाएका छन् । मादक पदार्थ सेवन गरेर घर पुगेका ५२ वर्षका चञ्चल सिहंले मंगलबार राति सपरिवारमाथि आगो लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूसँगै श्रीमति विनु सिंह, छोरीहरू सुप्रिया, समृद्धि र सुहानीमाथि आगो लगाएका हुन् । सपरिवारमाथि आगो लगाएको सूचना पाएपछि उद्धारका लागि पुगेको प्रहरी वृत्त गौशालको टोलीले उनीहरुको उद्धार गरी अस्पताल पुर्याएको थियो । सुरुमा धुमबराहीको हेल्पिङ ह्याण्ड अस्पताल पुयाइएको उनीहरुको उपचार सम्भव नभएपछि उनीहरुलाई कीर्तिपुरको बर्न अस्पतालमा पुर्‍याइएको छ । 

Ncell
Extreme Energy

आगो लगाएर घाइते भएकामध्ये जेठी छोरी सुप्रिया र माइली छोरी समृद्धीको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । जेठी र माइली छोरीको शरिरको अधिकांश भाग जलेको अस्पतालले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ५२ वर्षिया चञ्चलले मादक पदार्थ सेवन गरेर सँधैजसो घरमा झगडा गर्ने गरेका थिए । त्यसो त केही दिनअघि मात्र उनको श्रीमति विनुले गौशाला प्रहरीमा पुगेर श्रीमानले हिंसा गरेको भन्दै उजुरी गराएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’