नेभिगेशन
सबै कुरा

विपदबाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

काठमाडाैँ । सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ । ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उनले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताए । उनले मनसुनजन्य विपद्बाट जोगिनका लागि सरकारले विशेष ध्यान दिएको, नीतिगत एवम् कानुनी सुधार गर्नुपर्ने पाटा र पक्षको पहिचान गरिएको, सरकारी एवम् गैरसरकारी संस्थाको परिचालनलाई पनि उत्तिकै महत्वका साथ ध्यान दिएको उल्लेख गरे । 

Extreme Energy
Everest cinsult

यही जेठ १९ देखि आगामी असोज १९ सम्मको अवधिलाई मनसुनजन्य जोखिम हुने समय तय गरी गृह मन्त्रालयले उद्धार, खोज तथा राहतको कामलाई प्रभावकारी बनाउनका लागि विपद् तथा द्धन्द्ध व्यवस्थापन महाखाशाका सहसचिवको संयोजकत्वमा कमाण्ड पोष्ट स्थापना गरिएको उनले जानकारी दिए। मनसुनबाट १८ लाख नागरिक र ८३ हजार घर प्रत्यक्ष प्रभावित हुने तथ्याङ्क प्रक्षेपण गर्दै गृहमन्त्रीले उक्त कमाण्ड पोष्टले एकल बिन्दु सेवा केन्द्रका रुपमा काम गर्ने बताए । 

मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनः स्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार आठ सय ४७, सशस्त्र प्रहरी बल नेपालका नौ हजार नौ सय २४, नेपाल प्रहरीका १० हजार पाँच सय ८५ दक्षजनशक्ति तयारी अवस्थामा राखिएको बताए । यसैगरी सुरक्षा निकायका थप जनशक्ति परिचालन गर्न सकिने गरी आवश्यक प्रबन्ध गरिएको उनको भनाइ छ । यस्तै स्वयम् सेवा परिचालनका लागि पनि मन्त्रालयले विशेष व्यवस्था गरिएको छ । त्यसका लागि एक लाख बढी स्वयमसेवक परिचालनका लागि दर्ता भइसकेको उनले जानकारी दिए । यस्तै, प्रमुख राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समेत विपदजन्य जोखिम न्यूनीकरण, उद्धार र राहतमा परिचालन हुने गरी आवश्यक व्यवस्था गरिदिन गृहमन्त्रीले आग्रह गरे ।

जोखिमयुक्त क्षेत्रमा जनचेतना जगाउनका लागि विभिन्न १० जिल्लामा पाँच पाँच जनाको टोली परिचालन भइसकेको गृहमन्त्रीले उल्लेख गरेका छन्। सो टोलीले बाढी पहिरोबाट जोगिन के कस्तो उपाय अवलम्बन गर्ने, रहात तथा पुनः स्थापनाका लागि के कसरी राज्यका निकायलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी गराउनेछ । विगत एक महिनादेखि गृह मन्त्रालयका विभिन्न निकाय विपद्बाट कसरी जोगाउन सकिन्छ, त्यसका लागि सरकारी एवम् गैरसरकारी संयन्त्रको परिचालन एवम् व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा लगातार छलफल गरिएको र आवश्यक तयारी गरिएको उनको भनाइ छ । 

काठमाडौँ र सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको, निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई पनि आग्रह गरिएको गृहमन्त्रीले सदनलाई जानकारी दिए । प्रधानमन्त्री दैवी सहायता कोष, प्रदेश र स्थानीय निकायसँग गरी रु छ अर्ब ७८ करोड ३६ लाख बराबरको मौज्दात रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री लामिछानेले त्यसको सही परिचालन गर्न सकियो भने राहत तथा उद्धारको काम गर्न सहज हुने विश्वास व्यक्त गरे । 

यस्तै, विभिन्न १२ वटा बेलिब्रिज तयारी अवस्थामा रहेको, सडक अवरोध खुलाउनका लागि अत्याधुनिक उपकरणसहित जनशक्ति जुनसुकै समयमा परिचालन हुने गरी प्रबन्ध गरिएको उनले बताए । विपदमा नागरिकको जीवन बचाउने कुरा नै सबैभन्दा बढी महत्वपूर्ण, आवश्यक कार्यविधि, नीति नियममा गर्नुपर्ने परिवर्तनका बारेमा पनि तयारी गरिएको र विपदमा सबैभन्दा पहिले राज्यका निकाय पुगोस् भनेर प्रबन्ध गरिएको उनको भनाइ छ । 

गृह मन्त्रालयले  विभिन्न ११ मन्त्रालय, सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय सरकारसँग समन्वय गरेर दुःख पर्दा सरकार छ राज्य छ, महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको उनले जानकारी दिए। फरक एक प्रसगमा गृहमन्त्री लामिछानेले  राजनीतिक दबाबका कारण कुनै पनि अपराधका घटनालाई सरकारले छुट नदिने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले...
सभामुख डोलप्रसाद (डीपी)अर्यालको आजै साढे २ बजे  शपथ, लगत्तै पदभार ग्रहण गर्ने

सभामुख डोलप्रसाद (डीपी)अर्यालको आजै साढे २ बजे शपथ, लगत्तै पदभार ग्रहण गर्ने

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कायक्रम तय भएको छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

रात्रिकालीन बससेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली,माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय...
संसदमा ७ मिनेट मात्रै समय पाउने भएपछि हर्कको गुनासोः १ घण्टा ७ मिनेट बोल्न मन छ

संसदमा ७ मिनेट मात्रै समय पाउने भएपछि हर्कको गुनासोः १ घण्टा ७ मिनेट बोल्न मन छ

‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि...