नेभिगेशन
सबै कुरा

सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकाेमा प्रचण्डले दिए माेदीलाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सात चरणमा सम्पन्न  लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस अवसरमा उनीहरुबिच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए । 

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन् । “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’