नेभिगेशन
सबै कुरा

दक्षिणकाली दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुल्याे

काठमाडौँ । बुधबार साँझ काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युरुष र महिलाको सनाखत भएको छ । दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेहरुमा धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सविना राई रहेका छन् । 

Ncell
Extreme Energy

बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात अनुसन्धानका लागि सो स्थानमा प्रहरी वृत्त कीर्तिपुरको टोली खटिएको थियो । घटनास्थलको मुचुल्का भएपछि विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरीसहितको संयुक्त टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थाबाट उनीहरुको शव निकालेको थियो। 

बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरु नजिकै फेला परेका कारण उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी उनीहरु कहाँ जाँदै गरेका थिए र कसरी भयो दुर्घटना भन्ने विषयको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’