नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन प्रकरणका प्रतिवादीमाथि आइतबार मात्र मुद्दा दर्ता हुने

२९ भदाै, काठमाडौं - हङकङबाट ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सीआईबीले प्रतिवादी बनाएकाहरुमाथि आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको छ जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । त्यस्तै पक्राउ परेका ३२ मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सरकारी वकिल कार्यालयलार्य राय दिएको छ ।

Ncell
Extreme Energy

भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन सीआईबीले राय दिएको हो।

सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले उक्त मुद्दा आइतबार मात्र दर्ता हुने भएको हो । 

सीआईबीले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, नागरिकता ऐन, संगठित अपराध, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...