नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

सुन प्रकरणका प्रतिवादीमाथि आइतबार मात्र मुद्दा दर्ता हुने

२९ भदाै, काठमाडौं - हङकङबाट ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा सीआईबीले प्रतिवादी बनाएकाहरुमाथि आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको छ जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । त्यस्तै पक्राउ परेका ३२ मध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सरकारी वकिल कार्यालयलार्य राय दिएको छ ।

CG

भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध मुद्दा नचलाउन सीआईबीले राय दिएको हो।

सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले उक्त मुद्दा आइतबार मात्र दर्ता हुने भएको हो । 

सीआईबीले प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, नागरिकता ऐन, संगठित अपराध, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।