नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरको एक निर्णयले १९ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको निर्णयले शैक्षिक सत्र २०८१ मा १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शैक्षिक सत्र २०८१ मा पछिल्ल्लो अपडेटअनुसार १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी गराएका छन् । 

फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले एक कानुन कार्यान्वयनले महानगरको इतिहासमै पहिलोपटक त्यति धेरै विद्यार्थीले छात्रवृत्ति पाएको बताएको छ । ‘गत शैक्षिक सत्र २०८० मा  काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको  विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।’, मेयर शाहले लेखेका छन्, ‘यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन्।’  

उनले विद्यमान कानुनको कार्यान्यवन गर्दा मात्र विद्यार्थीले करिब २ अर्ब बराबर को छात्रवृति पाएको बताएका छन् । उनले विद्यालयले महानगरलाई पठाएको विवरणको पुनपरिक्षण गर्ने बताएका छन् । त्यस्तै उनले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरुलाई ३ दिनभित्र विवरण पेश गर्न र पेश नगरे विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएका छन् । ‘प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौँ, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’, उनले थपे, ‘हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ। ३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’

त्यस्तै मेयर शाहले कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भएकाले आफूहरु कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...