नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरको एक निर्णयले १९ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको निर्णयले शैक्षिक सत्र २०८१ मा १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शैक्षिक सत्र २०८१ मा पछिल्ल्लो अपडेटअनुसार १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा एक स्टाटस लेख्दै मेयर शाहले एक कानुन कार्यान्वयनले महानगरको इतिहासमै पहिलोपटक त्यति धेरै विद्यार्थीले छात्रवृत्ति पाएको बताएको छ । ‘गत शैक्षिक सत्र २०८० मा  काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको  विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।’, मेयर शाहले लेखेका छन्, ‘यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन्।’  

Ncell
Extreme Energy

उनले विद्यमान कानुनको कार्यान्यवन गर्दा मात्र विद्यार्थीले करिब २ अर्ब बराबर को छात्रवृति पाएको बताएका छन् । उनले विद्यालयले महानगरलाई पठाएको विवरणको पुनपरिक्षण गर्ने बताएका छन् । त्यस्तै उनले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरुलाई ३ दिनभित्र विवरण पेश गर्न र पेश नगरे विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएका छन् । ‘प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौँ, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’, उनले थपे, ‘हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ। ३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’

त्यस्तै मेयर शाहले कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भएकाले आफूहरु कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर रहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।