नेभिगेशन
सबै कुरा

गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्रीलाई विश्वप्रकाशकाे चूनौती

काठमाडाैँ । नेपाली कांग्रेसले गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चूनौती दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चूनौती दिएका हुन् ।

Ncell
Extreme Energy

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्षको अभिव्यक्ति प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रह समेत गरे । शर्माले गिरिबन्धुको फाइल खोल्न नभइ यस बिषयमा बोल्न समेत गृहमन्त्रीले नसक्ने तर्क गरे । उनले गिरिबन्धुमा बिषयमा एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै आफुहरुले दिएको बताए । त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानविन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानविन हुने जिकिर गरे । उनले देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जीत भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे । 

कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरले गरेको काम ठिक रहेको भन्दै संघको सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।