नेभिगेशन
सबै कुरा
मनुसन पूर्वतयारी :

विपत्तिका बेला सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन पर्छ -गृहमन्त्री (भिडियाे)

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मुलुकलाई अप्ठेरो पर्दा सवै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएका छन् । 


बिहीबार सिंहदरबारमा मनुसन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसंग छलफल गर्दै लामिछानले राजनीतिक बिपत्ती वा प्राकृतिक विपत्तीमा राजनीतिक दलहरु एकै ठाँउ उभिएको इतिहास रहेको भन्दै विपद व्यवस्थापनलाई चूस्त बनाउन पनि एक भएर अघि बढ्नुपर्ने बताए ।

यसबर्ष मनसुनमा हुनसक्ने प्राकृतिक बिपतबाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न एकमहिनादेखि नै पूर्वतयारी भइरहेको उनले जानकारी दिए । गृहमन्त्री लामिछानले राजनीतिक दलहरुसंग बिपद व्यवस्थापनसम्बन्धी अनुभव भएकाले सरकारले सवैको अनुभवलाई संगै लिएर मनुसन पूर्वतयारी र क्षति न्यूनिकरण गर्ने धारणा राखे । उनले विपद् पर्दा एकै ठाँउ बस्न सक्ने गरि राजनीतिक दलका प्रतिनिधि सम्मिलित फोरम बनाउन आफु तयार रहेको बताए ।

बैठकमा कांग्रेस नेता मोहन बस्नेतले प्राकृतिक विपद्पछि एकद्वार नीति लागू गर्दा पिडितहरुले समयमा नै राहत पाउन सक्ने अवस्था नदेखिएको बताए ।  तर विपदपछि पुननिर्माणमा समयमा भने एकद्वार नीतिको आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले बाढि पहिरोका कारण जमिन गुमेका नागरिकलाई अन्य स्थानमा जग्गा दिएर पुनर्वास गर्ने गरि कानून बनाउन सुझाव दिए ।

त्यस्तै अन्य दलका नेताहरुले प्राकृतिक बिपतिबाट क्षतिको न्यूनिकरणसंगै त्यसपछिको अवस्थामा पिडितहरुको सहज जिवनयापनका लागि योजना बनाउनुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...