नेभिगेशन
खेलका कुरा

नेपाल युएईसँग ४-० गोलअन्तरले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  युएईले  नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे ।

Dish home
City Express

अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजिति नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलका कुरा
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...