नेभिगेशन
सबै कुरा

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सपथ लिएका छन् । शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । 

त्यस्तै मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरुले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, भूमि व्यवस्था मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, शिक्षा मन्त्रीमा राज कुमार लेखीले सपथ लिएका हुन् । त्यस्तै स्वास्थ्य मन्त्रीमा शत्रुघन प्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुद मन्त्रीमा प्रमोद कुमार जयसवालले सपथ लिएका छन् भने गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अंसारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरीले सपथ लिएका छन् । 

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हालने गरि तोकिएको छ ।

जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार बिहानसम्मको समय दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...