नेभिगेशन
सबै कुरा

श्रमाधान रोजगारीले आन्तरिक रोजगारी बढाउन आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री अर्यालले कर्णाली प्रदेश आफैमा समृद्धि भएको बताए । अथाहा सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि संघिय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए । “कर्णाली विकासको ढोका खोल्ने काम आफैले गर्नेछ,” उनले भने । 

Ncell
Extreme Energy

कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाता बीच सेतुको रुपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेको प्रति मन्त्रालयलाई धन्यवाद दिए । मेलाले सरोकारवालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना गरे । 

मुलुक भित्रै प्रचुर सम्भावना हुँदा हुँदै पनि नेपालले वेरोजगारीको सामना गर्नु परेको उनले बताए । नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने बताए । यद्यपी कर्णाली सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए । 

त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गा बहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताए । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ । यो सीप इन्जियनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन । जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन,” उनले भने । 

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैँचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सन्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाई रहेको बताईन् । “यो भिडले हामी मुलुकमा नै रहन चाहन्छौ, हाम्रो लागि नीति बनाउ भन्छ,” उनले भनिन् । तर, कर्णाली आफैमा सम्पन्न छ । त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनले बताइन् । 

स्थानिय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताए। 

मेलामा सरकारी तथा नीजि क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । त्यस्तै, विभिन्न बिषयक कार्यशाला, सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताएको छ । मेला सुर्खेत वीरेन्द्रनगरको सिटीहलमा भोलिसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’