नेभिगेशन
सबै कुरा

सरकार बनाउनेबारे माओवादीसँग छलफल हुँदैन : गगन थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  कांग्रेस प्रतिपक्षमा  रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य  कुनै विकल्पमा नजाने प्रष्ट पारे । 

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए ।  पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए ।

महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताए ।

उनले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

आगामी मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालन हुने

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
३४ वर्षपछि नासामा महिला नेतृत्व

३४ वर्षपछि नासामा महिला नेतृत्व

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएको बताए ।
रास्वपाकाे राजनीतिक प्रतिवेदनमा  वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

रास्वपाकाे राजनीतिक प्रतिवेदनमा वैकल्पिक शक्ति एक हुन यस्तो प्रस्ताव

अर्यालले पार्टी कब्जा गर्ने नियतको भने खुला प्रतिवाद गर्ने बताएका छन् । ‘यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ ।...
जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

जेन–जी आन्दोलनको मुख्य कारक पुराना दल र उनीहरुका हर्कत हुन्ः रास्वपा कार्यबाहक सभापति अर्याल

सो क्रममा उनले आफ्नो पार्टी र पार्टी सभापतिले समेत यसबारे सचेत गराउँदै आएको बताए । ‘जेन–जी आन्दोलनको मुख्य कारक पुराना दलका हर्कत र जनविरोधी गतिविधि हुन् । आधार...