नेभिगेशन
सबै कुरा

सरकार बनाउनेबारे माओवादीसँग छलफल हुँदैन : गगन थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  कांग्रेस प्रतिपक्षमा  रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य  कुनै विकल्पमा नजाने प्रष्ट पारे । 

Ncell
Extreme Energy

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए ।  पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए ।

महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताए ।

उनले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’