नेभिगेशन
सबै कुरा

चित्लाङको ॐ अध्याय रिट्रिटको गर्मी प्याकेज घोषणा, काठमाडौंका ग्राहकलाई आउन जान निशुल्क बस, स्विमिङ सित्तैमा

काठमाडौं । काठमाडौंका ग्राहकलाई लक्षित गर्दै चित्लाङको ॐ अध्याय रिट्रिटले गर्मी छल्ने विशेष प्याकेज घोषणा गरेको छ । चित्लाङमा रहेको रिसोर्टले बढ्दो गर्मीबाट बच्नका लागि काठमाडौंबाट आउने ग्राहकका लागि छुटको प्याकेज ल्याएको जनाएको छ । गर्मी महामेला नाम दिइएको प्याकेजमा असार १ गते देखि ७ गतेसम्म चल्ने छ।   

चन्द्रागिरी र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ मा अवस्थित रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो गर्मीलाई लक्षित गर्दै यो महामेला आयोजना गर्न लागेको जनाएको छ । 

CG

महामेलामा काठमाडौंदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरिएको छ भने रिट्रिटमा निःशुल्क स्विमिङको प्रबन्ध मिलाएको छ । 

योजना अन्तर्गत बिहान ८ बजे काठमाडौंबाट आरामदायी बस छुट्ने छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेर स्विमिङको मजा लिन सकिने छ ।

दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमार्फत काठमाडौं फर्किने व्यवस्था मिलाएको पनि रिसोर्टले जनाएको छ । रिट्रिटमै रात बसेर फकिर्ने ग्राहकलाई पनि अर्को दिन निशुल्क बस उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

टिस्टुङ घुम्न जान मन लाग्दा लाग्दै पनि सवारीसाधन र आर्थिक समस्याले जान नपाएकाहरूलाई यस्तो प्याकेज ल्याइएको कम्पनीको दाबी छ । यसरी जाने आन्तरिक पर्यटकका लागि रिसोर्ट अन्य प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने कम्पनीको भनाई छ।


नेपाल सरकारबाट थ्रिस्टार मान्यता प्राप्त रिसोर्टमा स्विमिङ पुलसहित सुविधासम्पन्न ४६ कोठाहरू छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैंचा, चिल्ड्रेन पार्क, स्पा लगायतको सुविधा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मङ्गलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । बिहीबार दिउँसोदेखि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अनुरोधमा...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

उनले आफ्नो आरोहण अनुभव सुनाउँदै भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको...