नेभिगेशन
सबै कुरा

चित्लाङको ॐ अध्याय रिट्रिटको गर्मी प्याकेज घोषणा, काठमाडौंका ग्राहकलाई आउन जान निशुल्क बस, स्विमिङ सित्तैमा

काठमाडौं । काठमाडौंका ग्राहकलाई लक्षित गर्दै चित्लाङको ॐ अध्याय रिट्रिटले गर्मी छल्ने विशेष प्याकेज घोषणा गरेको छ । चित्लाङमा रहेको रिसोर्टले बढ्दो गर्मीबाट बच्नका लागि काठमाडौंबाट आउने ग्राहकका लागि छुटको प्याकेज ल्याएको जनाएको छ । गर्मी महामेला नाम दिइएको प्याकेजमा असार १ गते देखि ७ गतेसम्म चल्ने छ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रागिरी र दामनको काखमा अवस्थित मकवानपुरको थाहा नगरपालिका ६ मा अवस्थित रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बढ्दो गर्मीलाई लक्षित गर्दै यो महामेला आयोजना गर्न लागेको जनाएको छ । 

Ncell
Extreme Energy

महामेलामा काठमाडौंदेखि टिस्टुङ आवतजावत गर्न निःशुल्क बसको व्यवस्था गरिएको छ भने रिट्रिटमा निःशुल्क स्विमिङको प्रबन्ध मिलाएको छ । 

योजना अन्तर्गत बिहान ८ बजे काठमाडौंबाट आरामदायी बस छुट्ने छ । बस छुटेको करिव डेढ घण्टामा टिस्टुङ पुगेर स्विमिङको मजा लिन सकिने छ ।

दिनभर घुमफिर गरेर साँझ ५ बजे पुनः सोही बसमार्फत काठमाडौं फर्किने व्यवस्था मिलाएको पनि रिसोर्टले जनाएको छ । रिट्रिटमै रात बसेर फकिर्ने ग्राहकलाई पनि अर्को दिन निशुल्क बस उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

टिस्टुङ घुम्न जान मन लाग्दा लाग्दै पनि सवारीसाधन र आर्थिक समस्याले जान नपाएकाहरूलाई यस्तो प्याकेज ल्याइएको कम्पनीको दाबी छ । यसरी जाने आन्तरिक पर्यटकका लागि रिसोर्ट अन्य प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने कम्पनीको भनाई छ।


नेपाल सरकारबाट थ्रिस्टार मान्यता प्राप्त रिसोर्टमा स्विमिङ पुलसहित सुविधासम्पन्न ४६ कोठाहरू छन् । यहाँ आउटडोर तथा इन्डोर गेम्स, हर्स राइडिङ, सुन्दर बगैंचा, चिल्ड्रेन पार्क, स्पा लगायतको सुविधा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको...
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...