नेभिगेशन
सबै कुरा

एमालेको अस्तित्व समाप्त हुने देखेपछि तत्कालिन अवस्थामा संसद बिघटन गर्नुपर्योः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफुले तत्कालिन अवस्थामा संसद बिघटन गरेको बताएका छ्न । 

शनिबार काठमाडौँको भृकुटिमण्डपमा एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटन गर्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरुले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफुले संसद बिघटन गरेको बताएका हुन् । 

संसद बिघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ । उनले आफु नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट बिपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे । राष्ट्रिय अन्तराष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरेपनि एमालेको कार्यकर्ता पङ्तीले पार्टीलाई बचाएको उनले बताए ।

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश बिकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दावी गरे । 

ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दावी गरे । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई बिभाजन गर्ने काम नगर्न निर्देशन दिए ।  तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौँका बिभिन्न पालिकाबाट गरी पाँच सय ८५ प्रतिनिधि सहभागी भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ ।
सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा  प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते राजकुमार गुप्ता संघीय मामला तथा सामान्य...
रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।