नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री कप भलिबल लिगको उपाधि हेल्प नेपालले जित्यो

काठमाडौँ । आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा पहिलो सेट हेल्प नेपालले २२–२५ ले आफ्नो पक्षमा पार्यो । दोश्रो सेट भने गण्डकीले २५–२० ले जित्यो । त्यसपछिको तेश्रो र चौथो सेट २०–२५ र २०–२५ ले जित्दै टिप टप हेल्प नेपाल च्याम्पियन बन्यो ।

Extreme Energy

त्यस्तै प्रतियोगीताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि कव्जा गर्यो । एभरेस्टलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । फाइनलको पहिलो सेट पुुलिसले २५–२१ ले जित्यो । दोस्रो सेट पनि २५–२३ ले जित्दै पुलिस उपाधितर्फ लम्कियो । तर, त्यसपछिको दुवै सेट एभरेस्टलाई २०–२५ र २०–२५ ले सुम्पदा खेल पाँचौं सेटमा लम्बियो । निर्णायक तथा पाँचौ सेट निकै रोमाञ्चक रहँदा पुलिसले १५–१२ ले बाजी मार्न सफल भयो । उपाधिसँगै बिजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टीमले चार लाख प्राप्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

घरेलु मैदानमा पिएसजीको प्रभाव: बार्सिलोनालाई ४–२ गोल अन्तरले हराउँदै शानदार जित दर्ज
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...