नेभिगेशन
सबै कुरा

मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

Ncell
Extreme Energy

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।  प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 

सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’