नेभिगेशन
सबै कुरा
अपडेट :

अडकिएकामध्ये ८ खच्चरको सकुशल उद्धार

काठमाडाैँ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा करिब ४ घण्टादेखि अडकिएका १४ खच्चरमध्ये ८ खच्चरको सकुशल उद्धार भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमै अडकिएका खच्चरमध्ये ८ वटाको उद्धार भएको हो । 

आइतबार बिहान करिब साढे नौ बजेदेखि अडकिएका ७ खच्चडलाई पुलको जाली काटेर खोलामा झारेर उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सिधाकुरालाई जानकारी दिए । ‘अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका छौँ’, भुसालले थपे, ‘दुवै जिल्लाका सुरक्षा प्रमुख र स्थानीयको रोहबरमा खोलामा डुंगा राखेर खच्चड झारेर उद्धार गरिएको हो ।’

जालीमा खुट्टा अडकिएर जटिल अवस्थामा रहेका ६ खच्चडको कसरी उद्धार गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।