नेभिगेशन
सबै कुरा
अपडेट :

अडकिएकामध्ये ८ खच्चरको सकुशल उद्धार

काठमाडाैँ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा करिब ४ घण्टादेखि अडकिएका १४ खच्चरमध्ये ८ खच्चरको सकुशल उद्धार भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमै अडकिएका खच्चरमध्ये ८ वटाको उद्धार भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान करिब साढे नौ बजेदेखि अडकिएका ७ खच्चडलाई पुलको जाली काटेर खोलामा झारेर उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सिधाकुरालाई जानकारी दिए । ‘अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका छौँ’, भुसालले थपे, ‘दुवै जिल्लाका सुरक्षा प्रमुख र स्थानीयको रोहबरमा खोलामा डुंगा राखेर खच्चड झारेर उद्धार गरिएको हो ।’

Ncell
Extreme Energy

जालीमा खुट्टा अडकिएर जटिल अवस्थामा रहेका ६ खच्चडको कसरी उद्धार गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’