नेभिगेशन
सबै कुरा
अपडेट :

उद्धारका क्रममा २ खच्चर मरे, ९ खच्चरको उद्धार

काठमाडाैँ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अड्किएका १४ खच्चरमध्ये उद्धारका क्रममा २ खच्चरको मृत्यु भएको छ । पुलको जाली काटेर खोलामा खसाएर उद्धार गर्ने क्रममा खच्चरको मृत्यु भएको पाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अड्किएका खच्चरको उद्धार गर्ने क्रममा ९ वटाको सकुशल उद्धार भएको र २ वटाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले सिधाकुरालाई जानकारी दिएको छ । ‘पछिल्लो अपडेटअनुसार हालसम्म ९ खच्चरको उद्धार भएको छ । २ खच्चर उद्धार गर्ने क्रममा मृत फेला परेका छन् ।’, निमित्त प्रजिअ गणेश प्रशाद कोइरालाले भने, ‘२ खच्चरको पानीमा झार्दा मृत्यु भएको कि माथि नै पुलमा मृत्यु भयो भन्ने बारे एकिन भएको छैन ।’ त्यस्तै अन्य खच्चर जटिल अवस्थामा रहेको र सुरक्षा निकायको सहयोगमा उद्धार प्रयास भइरहेको कोइरालाले बताएका छन् । 

Ncell
Extreme Energy

आइतबार बिहान करिब साढे ९ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर पुलमै अडकिएका थिए ।

अडकिएका खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर डुंगा र अन्य माध्यमबाट उद्धार प्रयास भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...
रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

रास्वपा सांसद श्रीराम र सागरलाई उपनेता पराजुलीको निर्देशन– माननीयज्यूहरू फर्किनुस्

पराजुलीले भने ‘उहाँहरुका कारण त्यहाँ अप्ठेरो भएको छ भने माननीयज्यूहरु त्यहाँ सहजरुपमा काम गर्न दिन र आफ्नो जिम्मेवारीमा फर्किन उपनेताको हैसियतले यहीँबाट निर्देशन जारी गर्छु ।’