नेभिगेशन
सबै कुरा

सिधाकुराको लोगो सगरमाथा चुचुराेमा

काठमाडौँ । सिधाकुरा डट कमको लोगो अंङ्कित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । आरोही अनोज थापाले आफ्नो पहिलो सगरमाथा आरोहणका क्रममा सिधाकुरा डटकमको लागो अंकित झण्डा सर्वोच्च शिखरको चुचुरोमा पुर्याएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरोही थापाले २०८१ जेठ ७ (मे २०, २०२४) गते सगरमाथाको सफल आरोहण गरेका थिए । थापा इलाइट एक्सपेडका माउण्टेन गाइड हुन् । धादिङमा जन्मिएका उनी पछिल्लो १२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् ।

Extreme Energy
Everest cinsult

सिधाकुराका युवा पत्रकारहरुको खोजिमुलक समाचारबाट प्रभावित भएर आफूले टिमलाई हौसला प्रदान गर्न आफ्नै तरिकाले लोगो अंङ्कित झण्डा सगरमाथाको चुचुरोमा पुर्याएको थापाले बताए ।


‘जोखिम उठाएर खोजी मुलक पत्रकारिता गर्ने तपाईँहरुको श्रीवृद्धि होस् भनेर हौसला प्रदान गर्न आफैँले प्रिन्ट गरेर झण्डा चुचुरोमा पुर्याएँ,’ सिधाकुराको कार्यालयमा चुचुरो पुर्याइएको झण्डा हस्तान्तरण गर्दै थापाले भने, ‘हिमालबारे नेपालको पत्रकारिता कमजोर छ । नेपालको पत्रकारिताले हामी जस्ता हिमालमा काम गर्नेलाई मार्गदर्शन गरोस् ।’ सिधाकुरालाई सरप्राइज्ड दिनका लागि आफुुले झण्डा चुचुरोमा पुर्याइएको थापाको भनाई छ ।

धादिङको गजुरीमा जन्मिएका थापा दुई वर्ष अघिसम्म स्वतन्त्र (इन्डिपेन्डेन्ट) गाइडका रुपमा हिमाली क्षेत्रमा काम गर्थे । इलाइट एक्सपेड आबद्ध भएको पहिलो वर्ष सन् २०२३ मा नै उनले प्राविधिक रुपमा आरोहणका लागि जटिल मानिने ६ हजार ८ सय मिटर उचाईको आमादब्लम हिमाल आरोहण गरेका थिए । सोही वर्ष सगरमाथा आधार शिविरमा बसेर कम्पनीको आरोहण टोलीको सहजकरणका लागि खटिएका थापा त्यो बेला पहिलो पटक सगरमाथा क्षेत्रमा पुगेका थिए । 

सगरमाथा क्षेत्रमा पुगेकै वर्ष अमादब्लम आरोहण र यस सिजनमा सगरमाथा चढेका उनी पर्यटन क्षेत्रमै लागेर सगरमाथा आरोहण गर्ने धादिङ जिल्लाकै पहिलो आरोही हुन् । यस सिजनमा उनले सगरमाथा क्षेत्रमा ६० दिन बिताएका थिए । खराब मौसमका बाबजुत सगरमाथाको चुचुरो चुमेका उनले चुचुरोमा ४५ मिनेट बिताएका थिए । विश्वकै सबै भन्दा अग्लो चुचुरोमा पुग्दा संसार जितेको अनुभव भएको भन्दै थापाले आफूलाई फर्कन मनै नलागेको बताए ।

‘चुचुरोमा पुग्दा संसार जिते जस्तो भयो । आँखा आँफै रसाए । घर परिवार, आफन्त र साथीहरुलाई सम्झिएँ,’ थापाले भने,‘४५ मिनेटसम्म बसेर शिखरको मज्जा लिएँ । मलाई त ओर्लिन मनै लागेको थिएन । तर के गर्नु यात्रा आधा मात्रै भएको थियो ।’ 

सगरमाथामा पुर्याएको सिधाकुराको लोगो अंकित झण्डा हस्तान्तण गर्न सिधाकुरा आएका थापालाई सिधाकुरा मिडिया नेटवर्क प्रालीलले कार्यालयमा स्वागत गरेको थियो । आरोही थापाको सरप्राइज्ड उपहारका लागि बधाई ज्ञापन गर्दै सिधाकुराका अध्यक्ष युवराज कंडेलले धन्यवाद ज्ञापन गरेका थिए । 

सिधाकुराको श्रीवृद्धि र पत्रकारिताको माया गर्दै आरोही थापाले गरेको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगानाले संस्थाको तर्फबाट थापालाई मायाको चिनो हस्तान्तरण गरेका थिए । 


बि.स.२०८० जेठमा स्थापना भएको सिधाकुरा मिडिया नेटवर्क प्रालीले सोही वर्षको भदौ ४  गतेबाट औपचारिक रुपमा समाचार सामाग्री प्रकाशन/प्रशारण सुरु गरेको थियो । अनलाइन प्लेटफर्म मार्फत सिधाकुराले मल्टिमिडियामा खोजिमुलक समाचार सामाग्री प्रकाशन गर्दै आएको छ । स्थापना भएको एक वर्ष र औपचारिक प्रकाशन/प्रसारण आरम्भको १० महिनामै पाठक र स्रोताहरुको साथका कारण सिधाकुराले छुट्टै पहिचान बानाएको छ ।

सिधाकुराको ‘द सेक्रेट अफ गोल्ड माफिया’ वीरगञ्जका मेयरको सरकारी कागजात किर्ते लगायतका समाचार शृखंलाहरु लोकप्रिय छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा. वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

अर्थमन्त्री डा. वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब...
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद थप नगर्न परमादेश

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद थप नगर्न परमादेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले अब म्याद थप नगर्न...
खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ।’
सभामुख डीपी अर्यालसँग सदन र देशले गरेको अपेक्षा

सभामुख डीपी अर्यालसँग सदन र देशले गरेको अपेक्षा

अघिल्लो संसदको अनुभव अर्यालका लागि उपयोगी बन्ने छ भने अहिलेको संसद संरचना सहयोगी बन्ने छ । समन्वयकारी कार्यशैली, मिलनसार स्वभाव र सरल व्यक्तित्व उनका सम्पत्ति हुन् । यी...

भर्खरै