नेभिगेशन
सबै कुरा

सिधाकुराको लोगो सगरमाथा चुचुराेमा

काठमाडौँ । सिधाकुरा डट कमको लोगो अंङ्कित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । आरोही अनोज थापाले आफ्नो पहिलो सगरमाथा आरोहणका क्रममा सिधाकुरा डटकमको लागो अंकित झण्डा सर्वोच्च शिखरको चुचुरोमा पुर्याएका हुन् ।

आरोही थापाले २०८१ जेठ ७ (मे २०, २०२४) गते सगरमाथाको सफल आरोहण गरेका थिए । थापा इलाइट एक्सपेडका माउण्टेन गाइड हुन् । धादिङमा जन्मिएका उनी पछिल्लो १२ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् ।

सिधाकुराका युवा पत्रकारहरुको खोजिमुलक समाचारबाट प्रभावित भएर आफूले टिमलाई हौसला प्रदान गर्न आफ्नै तरिकाले लोगो अंङ्कित झण्डा सगरमाथाको चुचुरोमा पुर्याएको थापाले बताए ।


‘जोखिम उठाएर खोजी मुलक पत्रकारिता गर्ने तपाईँहरुको श्रीवृद्धि होस् भनेर हौसला प्रदान गर्न आफैँले प्रिन्ट गरेर झण्डा चुचुरोमा पुर्याएँ,’ सिधाकुराको कार्यालयमा चुचुरो पुर्याइएको झण्डा हस्तान्तरण गर्दै थापाले भने, ‘हिमालबारे नेपालको पत्रकारिता कमजोर छ । नेपालको पत्रकारिताले हामी जस्ता हिमालमा काम गर्नेलाई मार्गदर्शन गरोस् ।’ सिधाकुरालाई सरप्राइज्ड दिनका लागि आफुुले झण्डा चुचुरोमा पुर्याइएको थापाको भनाई छ ।

धादिङको गजुरीमा जन्मिएका थापा दुई वर्ष अघिसम्म स्वतन्त्र (इन्डिपेन्डेन्ट) गाइडका रुपमा हिमाली क्षेत्रमा काम गर्थे । इलाइट एक्सपेड आबद्ध भएको पहिलो वर्ष सन् २०२३ मा नै उनले प्राविधिक रुपमा आरोहणका लागि जटिल मानिने ६ हजार ८ सय मिटर उचाईको आमादब्लम हिमाल आरोहण गरेका थिए । सोही वर्ष सगरमाथा आधार शिविरमा बसेर कम्पनीको आरोहण टोलीको सहजकरणका लागि खटिएका थापा त्यो बेला पहिलो पटक सगरमाथा क्षेत्रमा पुगेका थिए । 

सगरमाथा क्षेत्रमा पुगेकै वर्ष अमादब्लम आरोहण र यस सिजनमा सगरमाथा चढेका उनी पर्यटन क्षेत्रमै लागेर सगरमाथा आरोहण गर्ने धादिङ जिल्लाकै पहिलो आरोही हुन् । यस सिजनमा उनले सगरमाथा क्षेत्रमा ६० दिन बिताएका थिए । खराब मौसमका बाबजुत सगरमाथाको चुचुरो चुमेका उनले चुचुरोमा ४५ मिनेट बिताएका थिए । विश्वकै सबै भन्दा अग्लो चुचुरोमा पुग्दा संसार जितेको अनुभव भएको भन्दै थापाले आफूलाई फर्कन मनै नलागेको बताए ।

‘चुचुरोमा पुग्दा संसार जिते जस्तो भयो । आँखा आँफै रसाए । घर परिवार, आफन्त र साथीहरुलाई सम्झिएँ,’ थापाले भने,‘४५ मिनेटसम्म बसेर शिखरको मज्जा लिएँ । मलाई त ओर्लिन मनै लागेको थिएन । तर के गर्नु यात्रा आधा मात्रै भएको थियो ।’ 

सगरमाथामा पुर्याएको सिधाकुराको लोगो अंकित झण्डा हस्तान्तण गर्न सिधाकुरा आएका थापालाई सिधाकुरा मिडिया नेटवर्क प्रालीलले कार्यालयमा स्वागत गरेको थियो । आरोही थापाको सरप्राइज्ड उपहारका लागि बधाई ज्ञापन गर्दै सिधाकुराका अध्यक्ष युवराज कंडेलले धन्यवाद ज्ञापन गरेका थिए । 

सिधाकुराको श्रीवृद्धि र पत्रकारिताको माया गर्दै आरोही थापाले गरेको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगानाले संस्थाको तर्फबाट थापालाई मायाको चिनो हस्तान्तरण गरेका थिए । 


बि.स.२०८० जेठमा स्थापना भएको सिधाकुरा मिडिया नेटवर्क प्रालीले सोही वर्षको भदौ ४  गतेबाट औपचारिक रुपमा समाचार सामाग्री प्रकाशन/प्रशारण सुरु गरेको थियो । अनलाइन प्लेटफर्म मार्फत सिधाकुराले मल्टिमिडियामा खोजिमुलक समाचार सामाग्री प्रकाशन गर्दै आएको छ । स्थापना भएको एक वर्ष र औपचारिक प्रकाशन/प्रसारण आरम्भको १० महिनामै पाठक र स्रोताहरुको साथका कारण सिधाकुराले छुट्टै पहिचान बानाएको छ ।

सिधाकुराको ‘द सेक्रेट अफ गोल्ड माफिया’ वीरगञ्जका मेयरको सरकारी कागजात किर्ते लगायतका समाचार शृखंलाहरु लोकप्रिय छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...
सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडी तथा समर्थकहरुले दिए धर्ना(तस्बिरहरु)

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको...
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले...
फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

फुटबल खेलाडी तथा समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् ।