नेभिगेशन
सबै कुरा

संसदमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत चार मन्त्रालयका विनियोजित रकम माथि छलफल

काठमाडौँ । प्रतिनिधिसभामा बुधबार पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो ।

Ncell
Extreme Energy

उक्त मन्त्रालयमाथि बिनियोजन भएको बजेटमाथि सांसद प्रेम सुवाल, डा रमेश अम्रेसकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले खर्च कटौतीको प्रस्ताव राखेका थिए । 

सांसद जीवन परियारले मन्त्रालयहरुमाथि बजेट बढाउदै जाने तर खर्च नहुने प्रवृति रोक्नुपर्ने भन्दै कानून मन्त्रालय अन्तर्गत पदाधिकारी र अन्य सुविधामाथिको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राखेको जानकारी दिए । उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन माग गरे । परियारले दलित समुदायहरु अझैपनि गरिवीको रेखामुनी रहेको भन्दै उनीहरुको पक्षमा सरकारले कुनै काम नगरेको बताए । 

त्यस्तै विनियोजन विधेयकमाथिको छलफलमा भाग दिदै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ घटाउदा मन्त्रीहरुले केहि गर्न नसकेको बताए । उनले शहरी बिकास मन्त्रालयमा बिनियोजित बजेटका आधारमा निकै धेरै कार्यक्रम र योजनाहरु परेको भन्दै योजना कार्यान्वयनमा आशंका व्यक्त गरे । हरेक बजेटले सरकारको भिजन प्राप्त गर्नुपर्ने भएपनि अहिलेको बजेट त्यस्तो आउन नसकेको उनले बताए । 

त्यस्तै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले पाँच करोड भन्दा कम बजेट विनियोजन नगर्ने जानकारी प्रधानमन्त्री र अर्थमन्त्रीबाट आएपनि अहिले ५ लाखकै योजनाहरु १ सय ७७ वटा रहेको बताए । उनले सांसदहरुले मागेका योजनाहरु समावेश हुँदा शहरी बिकास मन्त्रालयमा कामको चाप बढ्ने देखिएको धारणा राखे । 

त्यस्तै उनले रक्षा मन्त्रालय अन्तर्गत व्यारेकदेखि जनताको घरदैलोसंग नेपाली सेना कार्यक्रम, व्यारेकदेखि सीमासम्म सेना लगाएतका कार्यक्रमले नेपाली सेनाको व्यवसायीकता र सान्दर्भिकता बढ्दै जाने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।