नेभिगेशन
सबै कुरा

जलन उपचार कोषको व्यवस्था गर्न सांसद विन्दबासिनी कंसाकारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छिन् । 

प्रतिनिधिसभाको आजको बैठकमा उनले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरिन् । 

City Express

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरिन् । 

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताइन् । “जलनको उपचार धेरै नै महङ्गो छ । धेरै जसो जलनपीडित दुर्घटना परेपछि उपचार नपाएर निधन हुने भुइँमान्छे छन् । कहिलेसम्म हामीले आँखा चिम्लने, कहिलेसम्म अमानवीय पीडालाई हामी सम्बोधन नगर्ने ?”, उनले  प्रश्न गरिन् । 

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताइन्। जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।