नेभिगेशन
सबै कुरा

१०० दिनमा असल कार्यको आधार बनेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन् । 

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरेपनि नराम्रो नगरेको भन्दै १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका हुन् । 

उनले पार्टीले सम्हालेको चार वटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराब वा बेथितिको काम समेत नगरेको धारणा राखे । गृहमन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोखिएको र संगठनको इज्जत राख्ने गरि काम गरेको उनले बताए । 

लामिछानले कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्ने उल्लेख गरे । उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।  साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए । 

त्यस्तै  उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताए । दोश्रो बार्षिकोत्सवसम्म आउदा नेपाली राजनीतिमा धक्का दिएको पार्टीलाई ८४ सालसम्म बलियो बनाउदै अघि बढाउनुपर्ने उनले बताउ । उनले तयारीका साथ सबैलाई मिलाएर असल शासनमा ध्यान केन्द्रीत गरेको उल्लेख गरे । 

त्यस्तै रास्वपा नेता एवं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक बेथिति बिकृतिलाई अन्त्य गर्नका लागि सवै जुट्नुपर्ने बताए । पार्टी सरकारमा गएपछि शासकीय बेतिथीलाई नियन्त्रण गर्न पनि ध्यान केन्द्रीत गरेको उनले बताए । श्रेष्ठले अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपरे सरकारबाट बाहिरिने भन्दै राजीनामा तयार रहेको धारणा राखे । 

उनले सरकारमा सहभागीताका बिषयमा पार्टीमा समिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...