नेभिगेशन
सबै कुरा

१०० दिनमा असल कार्यको आधार बनेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरेपनि नराम्रो नगरेको भन्दै १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले पार्टीले सम्हालेको चार वटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराब वा बेथितिको काम समेत नगरेको धारणा राखे । गृहमन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोखिएको र संगठनको इज्जत राख्ने गरि काम गरेको उनले बताए । 

लामिछानले कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्ने उल्लेख गरे । उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।  साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए । 

त्यस्तै  उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताए । दोश्रो बार्षिकोत्सवसम्म आउदा नेपाली राजनीतिमा धक्का दिएको पार्टीलाई ८४ सालसम्म बलियो बनाउदै अघि बढाउनुपर्ने उनले बताउ । उनले तयारीका साथ सबैलाई मिलाएर असल शासनमा ध्यान केन्द्रीत गरेको उल्लेख गरे । 

त्यस्तै रास्वपा नेता एवं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक बेथिति बिकृतिलाई अन्त्य गर्नका लागि सवै जुट्नुपर्ने बताए । पार्टी सरकारमा गएपछि शासकीय बेतिथीलाई नियन्त्रण गर्न पनि ध्यान केन्द्रीत गरेको उनले बताए । श्रेष्ठले अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपरे सरकारबाट बाहिरिने भन्दै राजीनामा तयार रहेको धारणा राखे । 

उनले सरकारमा सहभागीताका बिषयमा पार्टीमा समिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।

भर्खरै