नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशको बजेटः ३८ अर्ब ९७ करोड

लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेत नारायण आचार्यले बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड २१ लाख र संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट १२ अर्ब १ करोड ५० लाख र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख  र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको मन्त्री आचार्यले जानकारी दिए ।

त्यस्तै उनले संघीय सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदानबाट ८ अर्व २८ करोड ६४ लाख, ससर्त अनुदानबाट ४ अर्व १८ करोड, समपुरक अनुदानबाट ७९ करोड, बिशेष अनुदानबाट ७४ करोड र चालू आर्थिक बर्षको नगद मौज्दातबाट २ अर्व परिचालन हुने अनुमान गरिएको बताए ।


 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...