नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उहाँकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले  स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । 

Ncell
Extreme Energy

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे,  परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु थिए । 

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । 

विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल  र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।