नेभिगेशन
सबै कुरा

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि बालेन भने ‘नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका सदस्यहरुलाई नगरसभामा उपस्थित हुँदा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८१/८२ का प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन समय दिएपछि कांग्रेस र एमालेका वडा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएपछि मेयर शाहले आक्रोश पोखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३ जना नेताले गर्दा १ सय ६० जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताउँदै मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’ उनले थपेका छन्, ‘काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

Ncell
Extreme Energy

त्यस्तै उनले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे भएपनि नागरिकले देखिने गरी हुने बताएका छन् । 

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि काठमाडौँ महानगरपालिको १५ औँ नगरसभाका दोस्रो बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै