नेभिगेशन
सबै कुरा

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि बालेन भने ‘नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका सदस्यहरुलाई नगरसभामा उपस्थित हुँदा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८१/८२ का प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन समय दिएपछि कांग्रेस र एमालेका वडा सदस्यहरुले बैठक बहिस्कार गरेर बाहिरिएपछि मेयर शाहले आक्रोश पोखेका छन् । 

३ जना नेताले गर्दा १ सय ६० जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताउँदै मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’ उनले थपेका छन्, ‘काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

त्यस्तै उनले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे भएपनि नागरिकले देखिने गरी हुने बताएका छन् । 

कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि काठमाडौँ महानगरपालिको १५ औँ नगरसभाका दोस्रो बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...