नेभिगेशन
सबै कुरा

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा रहेको स्पष्ट पारे । 

मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रुपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताए । उनले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताए ।  

वैदेशिक रोजगारमा जाने श्रमिकले मासिक न्यूनतम पाँच सय अमेरिकी डलर पाश्रिमिक पाउनुपर्छ भन्ने आफूहरुको जोड रहेको बताउँदै उनले वैदेशिक रोजगारका क्षेत्रमा हुँदै आएको ठगी रोक्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।  

नेपाली युवाहरु रोजगारीका लागि बाध्यात्मक रुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाको सक्रिय सहभागितामा सातै प्रदेशमा रोजगार मेला आयोजना गरिएको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...