नेभिगेशन
सबै कुरा

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छुः मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा रहेको स्पष्ट पारे । 

Ncell
Extreme Energy

मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रुपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताए । उनले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताए ।  

वैदेशिक रोजगारमा जाने श्रमिकले मासिक न्यूनतम पाँच सय अमेरिकी डलर पाश्रिमिक पाउनुपर्छ भन्ने आफूहरुको जोड रहेको बताउँदै उनले वैदेशिक रोजगारका क्षेत्रमा हुँदै आएको ठगी रोक्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।  

नेपाली युवाहरु रोजगारीका लागि बाध्यात्मक रुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाको सक्रिय सहभागितामा सातै प्रदेशमा रोजगार मेला आयोजना गरिएको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै