नेभिगेशन
सबै कुरा

२१ रनले बंगलादेशसँग पराजित भएसँगै सकियो नेपालको विश्वकप यात्रा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग २१ रनको हार ब्यहोर्दै नेपाल विश्वकपबाट बाहिरिएको छ । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन समेटिएको थियो ।

योसँगै नेपाल २०२४ को टी२० विश्वकपबाटै बाहिरिएको छ । यो जितसँगै बंगलादेश भने ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

CG
यस समूहबाट नेपाल, नेदरल्यान्डस र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । विश्वकपको यात्रा टुङ्गाएसँगै नेपाली टोलीका लेग स्पीन सन्दीप लामिछानेले भने टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा एक सय विकेट पुरयाउदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन् । 

बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो । 

अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए । आजको खेलमा बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन । 

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए । 

नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे । 

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले ४ तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३÷३ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए । यस खेलसँगै जितविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुङ्गायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...