नेभिगेशन
सबै कुरा

२१ रनले बंगलादेशसँग पराजित भएसँगै सकियो नेपालको विश्वकप यात्रा

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग २१ रनको हार ब्यहोर्दै नेपाल विश्वकपबाट बाहिरिएको छ । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन समेटिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

योसँगै नेपाल २०२४ को टी२० विश्वकपबाटै बाहिरिएको छ । यो जितसँगै बंगलादेश भने ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

Ncell
Extreme Energy
यस समूहबाट नेपाल, नेदरल्यान्डस र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । विश्वकपको यात्रा टुङ्गाएसँगै नेपाली टोलीका लेग स्पीन सन्दीप लामिछानेले भने टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा एक सय विकेट पुरयाउदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन् । 

बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो । 

अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए । आजको खेलमा बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन । 

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए । 

नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे । 

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले ४ तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३÷३ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए । यस खेलसँगै जितविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुङ्गायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।

भर्खरै