नेभिगेशन
सबै कुरा

विश्व बैंकको ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट उपलव्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विश्व बैंकबाट उपलव्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पूननिर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव १ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने असार २७ देखि २९ गतेसम्म चीनमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

Ncell
Extreme Energy

बैठकले विधुत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा रामप्रसाद धिताल र सदस्य पदमा मधुसुधन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गरेको छ । बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तीका लागि कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । 

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेनालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले प्रतिलिपी अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।