नेभिगेशन
सबै कुरा

विश्व बैंकको ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट उपलव्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विश्व बैंकबाट उपलव्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् । 

बैठकले कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पूननिर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव १ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने असार २७ देखि २९ गतेसम्म चीनमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । 

बैठकले विधुत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा रामप्रसाद धिताल र सदस्य पदमा मधुसुधन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गरेको छ । बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तीका लागि कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् । 

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेनालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले प्रतिलिपी अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।